संविधानको रक्षा र स्थायी सरकार निर्माणका लागि गठबन्धलले जित्नै पर्ने – नेता गाहा

Kandara News
प्रकाशित : २०७९ कार्तिक २२ गते १९:४७

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहाले संविधानको रक्षा र स्थायी सरकार निर्माणका लागि गठबन्धनले जित्नै पर्ने बताएका छन् छ । प्रचार प्रसारको क्रममा क्षेत्र नं १ का विभिन्न क्षेत्रमा पुुगेर मतदाताहरुसँगको भेटमा उनले यस्तो बताएका छन् । उनले यस अघि जितेको नेकपा एमालेले विकासको सट्टा मुलुकको संविधान नै धरापमा पार्ने कार्य गरेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
गाहाले क्षेत्र नं. १ को पूर्वी भेगलाई सडक सञ्जालसँंग जोड्ने मुख्य सडक रामपुर आर्यभञ्ज्याङ खण्डको स्तरोन्नती, रुपन्देहीसँग जोड्ने झडेवा सडकखण्डको सुधार गर्न लागि पर्ने बताए । गठबन्धनका पाल्पा क्षेत्र नं. १ प्रदेश २ का उम्मेद्वार शंकर खनालले विगत लामो समयदेखि नेतृत्व गर्दै आएका उम्मेद्वार र दलको अब विकल्प सोच्ने बेला आएको बताए । उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका पूर्वाधार निर्माण संगै कृषि र पर्यटनको प्रवद्र्धनका लागि स्पष्ट योजनाका साथ आफु आएको भन्दै यस पटक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । यस्तै प्रदेश सभा १ का गठबन्धनका उम्मेदवार श्यामाकान्त खनालले रामपुरका विभिन्न टोलहरुमा पुगेर मतदाताहरु समक्ष मत माग्दै  विकसित गाउँ , विकसित शहर निर्माणका लागि मतदान गर्न आग्रह गरे ।
बदर मतलाई शूून्यमा झार्छौं ः सभापति श्रेष्ठ
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले बदर मतलाई शुन्यमा झार्ने गरी आफुहरुले काम गरेको बताएका छन् ।  उनले मंगलबार पाल्पा क्षेत्र १ को (१) को रामपुरमा मतदाता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पुुगेर गठबन्धनले मतदाता शिक्षा प्रवाह गरिरहेकाले आगामी निर्वाचनमा बदर मत शून्यमा झर्ने दावी गरे । कार्यक्रममा नेपाली काँग्रेससका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिनाले गठबन्धन जनताका हक हित र अधिकारको सुनिश्चितताका लागि  भएको बताए ।  कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लेखनाथ पोखरेल,नेकपा माओवादी केन्द्रका नेत्र प्रसाद पाण्डेय,माओवादी केन्द्र रामपुर नगर इन्चार्ज कमल राज भट्टराई ,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार  जित बहादुर थापा ,प्रदेश १ का समानुपातिक उम्मेदवार गीता विक ,एकीकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन लगायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दिशामा लाग्न सकैलाई आग्रह गरे । कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य राम प्रसाद गैरेको धन्यवाद र कार्यक्रम प्रदेश १(१) का सचिव दानु हिस्कीको सञ्चालनमा  भएको थियो


प्रकाशित : २०७९ कार्तिक २२ गते १९:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology