पहिलो प्राथमिकता मृत्युमार्गको रुपमा चिनिएको सिद्धबाबा सडक खण्डलाई जोखिममुक्त बनाउने – उम्मेदवार गैरे

Kandara News
प्रकाशित : २०७९ कार्तिक २३ गते १९:२५

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे र प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगर तिनाउँ गाउँपालिका–२ र ३ का विभिन्न टोलमा पुगेर मत मागिरहेका छन् । घरमा पुगेका उम्मेदवारसँग जनताले सडक, खानेपानी लगायत समस्याका बारेमा गुनासो राखेका थिए ।
सोही क्षेत्रमा पर्ने सिद्धबाबाखण्डलाई भरपर्दो बनाउने उम्मेदवार ठाकुर गैरेले बताउनुभयो । आफू निर्वाचित भएपछि मृत्यु मार्गको रुपमा रहेको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरेर जोखिममुक्त बनाउने कामलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो ।
क्षेत्र नंं २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराईले बगनासकाली गाउँपालिकाको वडा नंं ६ यम्घाका बिभिन्न टोल तथा बस्तीहरुमा घरदैलो गर्नुभएको छ । यम्घाका जनताले वडाका भित्री बाटो स्तरोन्नति हुनुपर्ने, सबै घर घरमा खानेपानीको व्यवस्था हुनुपर्ने, कृषि उत्पादन तथा तरकारीको उचित बजारीकरण हुनुपर्ने माग गरका थिए। आफू निर्वाचित भएपछि जनताको माग र आवश्यकताको आधारमा काम गर्ने आश्वासन दिनुभयो । उहाँले यम्घाका विभिन्न ठाउँमा मकै, तरकारी र अन्य नगदेबाली उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । यस्तै दाङसिङ्गा क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने र जनताको आयआर्जनमा सघाउ पु¥याउन पहल गर्ने उहाँकोे भनाई थियो ।
क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्तिमगरले यहाँको खानीजन्य वस्तु, जल तथा वन जंगलको सही सदुपयोग गरेर आन्तरिक स्रोत वृद्धि गर्ने बताउनुभयो । प्रदेश सरकारबाट प्रयाप्त बजेट तथा कार्यक्रम सञ्चालन गरेर यहाँको विकासलाई गति दिने उहाँले बताउनुभयो ।
गैरे र घर्तिमगर आज तिनाउ गाउँपालिकाको दोभान, कुँडादी, चौकी भञ्ज्याङ लगायतका ठाउँमा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ ।


प्रकाशित : २०७९ कार्तिक २३ गते १९:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology