सत्ता गठबन्धन स्वार्थको लागि मात्र – एमाले नेता राना

Kandara News
प्रकाशित : २०७९ कार्तिक २४ गते १९:५२

पाल्पा
सत्ता गठबन्द ठोस योजना भन्दा स्वार्थका लागि  मात्र ररमिलेको एमाले पोल्युट्व्युरो सद्स्य दल बहादुर रानाले बताउनु भएको छ । ताहुमा एमालेको उम्मेदवार हरुलाई मत माग्न पुग्नु भएको रानाले जनताको बहुदलीय जनवादको नीतिमा एमाले रहेको बताउदै नेता रानाले
जनताको मत लिएर जनताकै हितमा काम एमाले गरेको र अबका दिनमा पनि गर्ने बताउनु भयो ।

नेता रानाले यस मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिएर जिताउनु पर्ने बताउनु भएको छ ।
उहाँले एमालेले शोषित वर्गको हितमा काम गर्ने बताउदै सत्ता गठबन्धन दलको चुनाव सङ्सङ्गै , घोषणा पत्र फरक रहेको हुदा चुनाव जितेपछि कसको घोषणापत्र अनुसार काम गर्ने ?,
चुनाव पछि प्रधानमन्त्री को हो? र कसको घोषणापत्र कार्यान्वयन गर्ने भन्नेबारे गठबन्धनमा अन्योल रहेको बताउनु भएको छ ।
क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँुको सेर्काबासमा टोलभेला तथा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले नेकपा एमाले जनताको पक्षमा बोल्ने पार्टीको रुपमा रहेको बताउनुभयो ।
आचार्यले एमाले सरकारमा रहेको समयमा देशव्यापी राम्रो काम भएको र पाल्पामा पनि धेरै महत्वपूणर् योजनाहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले ताहुँमा १५ शैयाको अस्पताल निर्माण कार्य जारी रहेको, प्रहरी चौकी ताहुँमा इन्स्पेक्टरको दरबन्दी रहने गरि स्तरोन्नति हुँदै गरेको बताउनुभयो ।
देशका १ सय मुख्य पर्यटकीय गन्तव्यको रुपमा ऐतिहासिक रम्भादेवी मन्दिर रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि स्थानीय सरकारसँगको सहकार्यमा थप कार्यक्रमहरु अगाडि बढाइने आचार्यले बताउनुभयो । रम्भादेवीसँगै रिमिघालेक र बाकुमगढीलाई पनि पर्यटन प्रवर्धन गरिनेछ । ताहुँमा वस्ती विकास योजना अगाढि बढाउने छौं । आचार्यले भन्नुभयो ।
क्षेत्र नं. १(२)का प्रदेशसभा सदस्यका उम्मेदवार खेम बहादुर सारुले आर्यभञ्ज्याङ रामपुर बाटो स्तरोन्नतीका लागि ठोस् पहल गर्नु आवश्यक रहेको र नेकपा एमालेको सरकार बनेलगत्तै यो कार्यलाई प्राथमिकता दिई अगाडि बढाइने बताउनुभयो । सो अवसरमा एमाले पोलिट्व्युरो सदस्य दलबहादुर रानाले जनताको अमूल्य लिएर नेकपा एमालेले जनताकै पक्षमा काम गर्ने बताउनुभयो ।
क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ रामपुर क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । मतदाताहरुसँगको भेटघाटमा उहाँले जनताको अमुल्य मतको कदर गर्दै आफू सदैव जनताको सेवक बन्ने प्रतिबद्धता जनाउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक २४ गते १९:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology