एमालेका युवा नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा मतदाता उत्साही

Kandara News
प्रकाशित : २०७९ कार्तिक २५ गते १९:४३

एमालेका युवा नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा मतदाता उत्साही

पाल्पा । पाल्पा क्षेत्र नं २ मा नेकपा एमालेको पक्षमा जनलहर देखिएको छ । एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार बनाइएको छ । नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा पाल्पाली मतदाताहरु उत्साही भएका छन् ।

नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा लामो समय बिताउनुभएका गैरेले यसअघि कुनै संसदीय निर्वाचनमा मौका पाउनुभएको थिएन । क्रियाशील राजनीतिक जीवनको ३२ वर्ष पछि उहाँ पहिलोपटक उम्मेदवार बन्नुभएको हो । यसकारण पनि पाल्पालीहरुले यसपटकको निर्वाचनमा ठाकुर गैरेलाई नै महत्व दिएका छन् ।

गैरे शुक्रवार तिनाउँ गाउँपालिका ६ मस्यामका मतदाताहरुसँग भेटघाटमा व्यस्त रहनुभयो । मतदाताहरुले यस पटक पाल्पामा ठाकुर गैरेको कुनै विकल्प नरहेको बताए । यसअघि एउटै व्यक्तिले पटक पटक मौका पाउँदा पनि पाल्पाले खास विकासको महसुस गर्न नपाएको भन्दै यसपटक गैरेलाई मत दिई बिजयी गराउने मतदाताहरुले बताएका छन् । गैरे उम्मेदवार भएपछि क्षेत्र नं. २ मा मात्रै १ हजार बढी युवाहरु अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरिसकेका छन् भने दैनिक रुपमा पार्टी प्रवेश गर्नेहरु बढ्दै गएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।

सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न युवा नेता गैरेलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्दछ भन्ने जनमत पाल्पामा बढ्दै गएको छ ।

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको गैरेले बताउनुभयो । युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिक युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिकोपहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी करिडोरको राम्दी रिडी सडक निर्माण दु्रत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्न ठूलो परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्न, बाँदर दुम्सी, बदेललगायत बन्यजन्तुको उचित व्यवस्थापन गरी किसानलाई सहयोग पुर्‍याउन, चीन र भारत जोड्ने कोरोला मार्गलाई पाल्पा हुँदै निर्माण गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नको लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न, स्वास्थ्य बिमा प्रभावकारी बनाई सबै नागरीकलाई स्वास्थ्य बिमामा समेट्ने, ग्रामीण क्षेत्रको विद्युत सेवा प्रभावकारी बनाउने, मोवाइल नटिप्ने ठाउँहरुमा दुरसञ्चार सेवा प्रभावकारी बनाउने, माडी चक्रपथको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने, पाल्पामा उत्पादन भएका सबै कृषि उपजहरुलाई बाह्य निकासीको ब्यवस्था मिलाउने, विदेशबाट फर्केका युवाहरुलाई आर्थिक विकासका लागि उद्यममा जोडने उहाँको प्रतिबद्धता छ ।
००००००००


प्रकाशित : २०७९ कार्तिक २५ गते १९:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology