आर्यभञ्ज्याङ-रामपुरसडकखण्डलाई द्रुतमार्गबनाइनेछः आचार्य

Kandara News
प्रकाशित : २०७९ कार्तिक २५ गते २०:०१

आर्यभञ्ज्याङ-रामपुरसडकखण्डलाई द्रुतमार्गबनाइनेछः आचार्य
पाल्पा २५ कात्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले विकास निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ ।
रम्भा गाउँपालिका-२ फोक्सिङकोटमा शुक्रबार भएको घरदैलाकार्यक्रममा उम्मेदवार आचार्यले एमालेको नेतृत्वमा भएका तीनै तहका सरकारले गरेका काम हेरेर मुल्यांकन गर्न आग्रह गर्नुभयो । एमालेले जितेका स्थानमा विकासका कामहरु धेरै भएको मंसिर ४ गतेको निर्वाचनमा सुर्यमा मतदान गर्न जनता संग अनुरोध गर्नुभयो । निवर्तमान प्रदेश सांसद समेत रहेका आचार्यले आफ्नो कार्यकालमा यस क्षेत्रको विकासलाई तीव्रता दिएको बताउदै अधुरा रहेका योजना आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
आर्यभञ्ज्याङ-रामपुरसडक स्तरोन्नतिको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने उम्मेदवार आचार्यले प्रतिवद्धता जनाउनुभयो । यो सडक रामपुरदेखि रोल्पाको कपुरकोटसम्म जोड्ने बाटो हो । यसको शुरुवात एमाले सरकारले नै गरेको आफू निर्वाचित भएपछि तीव्रताका साथ काम गर्ने र यो सडक लाई द्रुत राजमार्गका रुपमा विकास गर्ने एमाले उम्मेदवार आचार्यले बताउनुभयो । ताहुँमा १५ शैयाको अस्पताल निर्माण, ताहुँ प्रहरी चौकीलाई इनस्पेक्टरको दरबन्दी रहनेगरी स्तरोन्नति गर्ने काममा आफु सक्रिय भएर लाग्ने एमाले उम्मेदवार आचार्यले बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक २५ गते २०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology