पाल्पा क्षेत्र नं. १ का जनताको अवस्था हामी बदल्छौं ः काग्रेस उम्मेदवार

Kandara News
प्रकाशित : २०७९ कार्तिक २६ गते २०:१८

पाल्पा, कार्तिक २÷पाल्पा क्षेत्र नं. १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहाले मगरले जनताको अवस्था परिवर्तनको लागि उम्मेद्वारी दिएको बताएका छन् । मुलुकमा व्यवस्था परिवर्तन भए पनि क्षेत्र नं. १ का जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै उनीहरुलाई साँच्चै विकासको प्रत्याभूती दिलाउने गरी काम गर्न र विकासलाई अघि बढाउन जनताको घरदैलोमा आएको गहाले बताए । रामपुर नगरपालिका वडा नं. ३, ४, ५ र ६ का विभिन्न टोलहरुमा भएको घरदैलोका क्रममा गाहाले भने, “हामीले सुगम स्थानको अवस्था हेरेर मात्र भएन ग्रामीण भेगका जनताको अवस्था निकै दयनिय छ । ८० वर्षको आमाहरुले घण्टौं लगाएर कुवा बाट पानी भर्नु पर्ने बाध्यता, अझै पनि टुकीको साहारामा बस्नु पर्ने, सिटामोल सम्म नपाउने अवस्था छ । विरामी हुँदा बोकेर अस्पताल लानु पर्ने जस्ता समस्याहरु छन् । उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नुका साथै सुगम स्थानलाई थप व्यवस्थित बनाउनको लागि पहल गर्ने छु ।” गाहाले रामपुर आर्यभञ्ज्याङ्ग सडक खण्ड पिच सहित स्तरोन्नती गर्ने, अन्य आवश्यक सडक तथा पूर्वाधारमा पनि ध्यान दिने बताउनु भएको छ । गाहाले कालीगण्डकी डाईभर्सनलाई रोक्न र याहाँका धार्मिक तथा पर्यटकिय स्थलहरुको विकासको लागि प्रतिवद्ध भएर लाग्ने बताए । पाल्पा क्षेत्र नं. १ प्रदशे सभा १ का गठबन्धनका साझ उम्मेद्वार श्यामकान्त खनालले ‘मेरो उम्मेद्वारीको रहर, विकसित गाउँ, समृद्ध शहर’ भन्ने संकल्पका साथ अघि बढेको बताए । २८ वर्षको समयमा एमाले बाट नेतृत्व गरेर गएका धेरै नेताहरुले प्रयास गरे पनि अलमल कै कारण क्षेत्र नं. १ पछि परेको बताए । स्रोतको पहिचान गर्न नसक्दा विकासका योजना भित्र्याउन नसेको स्पष्ट पार्दै खनालले भने, “उहाँहरु निर्वाचित भएर जानु भयो तर अलमलमा पर्नुभयो । स्रोत पहिल्याउन सक्नु भएन । हामीले रामपुर सहित यस ठाउँको सम्भावना देखेका छौं ।” परम्परागत कृषिमा आधारित जनतालाई सक्षम बनाउनका लागि उनीहरुको जीवन स्तर सुधार गर्नका लागि अबको ५ वर्ष जनताको लागि खर्चने बताए । कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार सन्दिप रानाले नेपाल संगै पाल्पाको परिवर्तनको लागि आएको बताए । पाल्पाका ग्रामीण तथा फाँटमा रहेका विभिन्न जातिका कला र संस्कृतिको संरक्षण जगेर्ना गर्न र अन्य पूर्वाधार विकासका कामलाई अघि बढाउने संकल्पका साथ अघि बढेको बताए । रानाले पाल्पा, स्याङ्जा, गुल्मी, तनहुँ, नवपुरका जनतालाई मध्येनजर गर्दै रामपुरमा मेडिकल कलेज स्थापना गर्ने संकल्प गरेका छन् । उनले कालीगण्डकी उपत्यकाको विकास र समृद्धिका लागि कालीनदीको महत्वपूर्ण भुमिका रहेको भन्दै आफ्नो एक थोपा रगत रहुन्जेल सम्म एक थोपा पानी पनि डाईभर्सन गर्न नदिने प्रतिवद्धता जनाउनु भएको छ । घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएत विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ कार्तिक २६ गते २०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology