एमाले उम्मेदवारको विजय सुनिश्चित ः उम्मेदवार आचार्य

Kandara News
प्रकाशित : २०७९ कार्तिक ३० गते २१:३४

एमाले उम्मेदवारको विजय सुनिश्चित ः उम्मेदवार आचार्य
पाल्पा ३० कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले पाल्पाका एमालेका सबै उम्मेदवारहरु विजय सुनिश्चित भईसकेको बताउनु भएको छ । घरदैलो कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नंं २ जल्पाका मतदाताहरु संग बोल्दै एमाले उम्मेदवार आचार्यले गठवन्धन सरकारको भष्ट्रचार, महङ्दी, कुसान विरुद्ध जनता आिित्तएकोले मंसिर ४ गतेको निर्वाचनमा जनता सूर्यमा मतदान गर्न आतुर भएको बताउनु भयो ।
एमाले उम्मेदवार आचार्यले जल्पा सुखौरा सडक, मैदान पूर्वखोला सडक, हुमिन देवीनगर जल्पा, बहादुर सडक निर्माण विजयी भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पाल्पा क्षेत्र नंं १ (२) का प्रदेशसभा सदस्य खेम बहादुर सारुले पुर्वखोला २ जल्पामा घरदैलो गर्नुभएको छ । जल्पा लाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नै, जल्पाका पर्यटकीय स्थलहरुको स्तरउन्नती गरी पर्यटन प्रवद्धन गर्ने, एक घर एक धारा अभियाना लाई पुरा गर्ने एमाले प्रदेश सभा सदस्य उम्मेदवार सारुले बताउनु भयो । उम्मेदवार सारुले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभया
एमाले पाल्पा क्षेत्र नंं १ (१) का प्रदेशसभा सदस्य उम्मेदवार राजु प्रसाद श्रेष्ठले पुर्वखोला १ सिलुवा र रामपुर नगरपालिकाको विभिन्न क्षेत्रहरुमा घरदैलो गर्नुभएको छ । एमाले उम्मेदवार श्रेष्ठले सडक स्तरउन्नती, एक घर एक धारा, विधुतीकरणको लागी योजना लिएर घरदैलोमा आएको बताउनु भयो । जनताको आय आर्जनमा बृद्धि गर्ने, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, विदेशमा गएका नेपालीहरु लाई स्वदेशमै उधमी बनाउने गरी कृषि, पशुपालन देखी प्रविधीमा आधारीत उधोगहरु संचालन गर्ने एमाले उम्मेदवार श्रेष्ठले बताउनु भयो । उम्मेदवार श्रेष्ठले विकास र समृद्धिको सम्वाहक एमाले भएकाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन अनुरोध गर्नुभयो ।


प्रकाशित : २०७९ कार्तिक ३० गते २१:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology