पाल्पा प्रदेश सभामा राना विजयी

Kandara News
प्रकाशित : २०७९ मंसिर ८ गते ७:३५

पाल्पाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा सदस्यमा वीर बहादुर राना विजयी भएका छन् । संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता रानाले १६ हजार ३९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत प्राप्त गरे ।

प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।


प्रकाशित : २०७९ मंसिर ८ गते ७:३५

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology