उद्बुद्ध मा.वि को ७२ औं बार्षिक उत्सव सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७९ मंसिर १५ गते १९:४१

पाल्पा , पूर्वखोला
मंसिर १५

पूर्वी पाल्पाको पहिलो विद्याल उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला -३ को ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता तथा साहेक प्रधानाध्यापक पिताम्बर न्यौपाने र विद्यार्थी स्मारिका काम्मुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको प्रमुख अथिती पाल्पा जिल्ला सम्वन्यन समितिका प्रमुख टंक नाथ खनालले पानसमा वत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

खनालले विद्यालयको ७२ औं बार्षिकोत्सवको अबसरमा शुभकामना मन्तव्य दिदै यस विद्यालमा अध्यन गरेका विद्यार्थीले देश तथा विदेशमा विभिन्न स्थनमा सफलता हासिल गरेको बताउदै यस विद्यालयले अझ दक्ष र उर्जासिल विद्यार्थी उत्पादन गर्ने बताउनु भयो ।
विद्यालयको ७२ औं बार्षिकोत्सवको अबसरमा विद्यालयका प्रधानाद्यापक लोकहरि देवकोटाले करिब ३ करोड बराबरको आय- व्याय प्रस्तुत गर्नु भयो । प्रधानाध्यापक देवकोटाले विद्यालयमा हाल ६९१ जना विद्यार्थीले अध्यन गरेको र ४३ जना शिक्षक स्टाफ रहेको समेत बताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले उद्बुद्ध मा वि पालिकाको नै पहिलो र पालिकको केन्द्रमा रहेकोले अन्य क्षेत्र बाट बसाई सरेर आउने दर पनि बढीरहेकाले शिक्षाको गुरस्तरमा सदैव अग्रसर रुपले अघि बढ्ने बताउदै विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित विद्यालयको ७२ औं बार्षिकोत्सवको अबसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , पूर्व वडा अध्यक्ष निलकण्ठ भट्टराई, विभिन्न सं संथाका प्रमुख , विभिन्न विद्यालयका प्रध्यानाद्यापक तथा शिक्षक प्रतिनिधि लगायत विभिन्न व्यक्तीहरुले विद्यालयको ७२ औं बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयले २ जना विद्यार्थीको अभिभाक चित्र बहादुर दिशा र गिता देवी आचार्यलाई तथा पूर्व विद्यालयका शिक्षक हरु नारायण प्रसाद न्यौपाने , सविन ढुङाना , रिता अधिकारीलाई सम्मेत सम्मान गरेको थियो ।


पूर्वखोला ग्लोबल आई एमी बैंकले ६ बर्ष सम्म बार्षिक १२ हजारका दरले हेमा काम्मुलाई छात्राबृत्ती प्रधान संथाका पूर्वखोला प्रमुख सुमन राउतले कार्यक्रमकै अबसरमा प्रधान गर्नु भएको थियो ।
बार्षिक उत्सवको अबसर पारेर खेलाईएको अन्तर पालिका स्तरीय भलिवल खेलमा प्रथम जनमार्ग मा वि ( सिलुवा) द्धितीय उद्बुद्ध मा वि ( पूर्वखोला ) तृतीय गणपती मा वि ( वीरकोट ) भएका विद्यार्थी खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालमा अध्यनरत विद्यार्थीहरु छ्नोट गरि विभिन्न विधाको छात्राबृत्ती समेत प्रधान गरिएको थियो ।
७२ औं बार्षिकोत्सवको अबसर पारेर विद्यार्थी तथा शिक्षक हरुले सास्कृत प्रस्तुती रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुशील न्यौपानेले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ मंसिर १५ गते १९:४१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology