नेपाली जनप्रगतिशील मञ्च कतार ले बृहत रक्तदान कार्यक्रम गर्दै

बिकस गैरे
प्रकाशित : २०७९ मंसिर २१ गते १:४५

 

दोहा कतार –

नेपाली जनप्रगतिशील मञ्च कतार ले कतारको अहिले कतारको अवस्थालाइ मध्यनजर गर्दै डिसेम्बर ९ तारिक शुक्रबार कादिन बृहत रक्तदान कार्यक्रम को आयोजना गरेको छ ।।

अहिले खेलको राजा फुटबल को महाउत्सव फिफा वर्ल्ड कप कतार २०२२ को होस्ट कतार ले गरिरहेको छ खेल हेर्न को लागि विभिन्न देश बाट अनुमानित २ मिलिएन भन्दा बढी बिदेशीहरु कतारमा चलिरहेको  फुटबल खेल हेर्नैको लागि आएकाछन ।

 

कतारमा बढ्दो मानवचाप सङ्गै बिरामीको को संख्या पनि बढ्ने र ब्लड को आवस्यकताको मात्रमा कमिहुन सक्ने अनुमान गर्दै केहिहद सम्म भएपनी राहत हुनसक्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी ले कन्दरा न्युज डटक लाई जानकारी गराएका थिए ।

 

कतारको अहिले को यो बिशेष महाउत्सव सफल बनाउन नेपाल र नेपालीहरुको पनि कहि न कहिबाट अहम भुमिका रहेको छ ।

ब्लड डोनेसन पनि अर्को सहयोग नै हो। यस्तो महामानविय कार्यको लागि कतारमा स्थापित सम्पुर्ण,संघसंस्था,बुद्धिजीवी,पत्रकार,कलाकार,दाजुभाइ तथा दिदी बहिनीहरु साथै मञ्चका सम्पुर्ण सल्लाहकारहरु, पदाधिकारी,सचिवालयसदस्यहरु,कार्यसमितिसदस्यहरू,बिभागियसमितरु लाई समयमै उपस्थिति भइ कार्यक्रमको शोभा बढाइदिनु को साथै रक्तदान गरिदिनु हुनकोलागि हार्दिक विनम्रताका साथ अध्यक्ष भाण्डारिले आग्रह गरेका छन ।।

 

कतारको अलसाद स्थित हमाद हस्पिटल को न्यु ब्लड डोनेसन सेटरमा उक्त कार्यक्रमको आयोजन गरिएको छ ।

 

👉️ रक्तदान गर्नु अघि ख्याल गर्नुपर्ने १२ कुरा, जानी राखौँ

१-एक औसत व्यक्तिको शरीरमा १० यूनिट अर्थात् (५-६ लीटर) रगत हुन्छ ।

२-रक्तदानमा केवल १ यूनिट रगत लिने गरिन्छ ।

३-कयौँ पटक केवल एक कार दुर्घटनामा नै १०० यूनिट रगतको आवश्यकता पर्ने गर्दछ ।

४-एक पटकको रक्तदानबाट तपाईले ३ व्यक्तिको जीवन बचाउन सक्नुहुन्छ ।

५-‘O नेगेटिभ’ ब्लड ग्रुप यूनिभर्सल डोनर मानिन्छ, यसलाई कुनै पनि ब्लड ग्रुपको व्यक्तिलाई दिन सकिन्छ ।

६-इमरजेन्सीको अवस्थामा जस्तै:- जब कुनै नवजात शिशु या अन्यलाई रगतको आवश्यकता भएमा र उसको ब्लड ग्रुप पत्ता नलागेमा तब उसलाई ‘O नेगेटिभ’ ब्लड दिन सकिन्छ ।

७-ब्लड डोनेशनको प्रक्रिया निकै सरल हुन्छ र रक्तदातालाई यसमा कुनै विशेष कठिनाई हुँदैन ।

८-तपाईले १८ देखि ६० वर्षको आयु सम्म रक्तदान गर्न सकिन्छ ।

९-रक्तदाताको वजन, पल्स रेट, ब्लड प्रेशर, शरीरको तापक्रम आदि सामान्य हुँदा चिकित्सक या ब्लड डोनेशन टीमको सदस्यले तपाईको ब्लड लिन्छन ।

१०-पुरुषले ३ महिना र महिलाले ४ महिनाको अन्तरालमा नियमित रक्तदान गर्न सक्छन् ।

११-हरेक व्यक्तिले रक्तदान गर्न सक्दैनन् । यदि तपाई स्वस्थ हुनुहुन्छ, तपाईलाई कुनै प्रकारको ज्वरो या रोग छैन भने तपाई रक्तदान गर्न सक्नुहुन्छ ।

१२-यदि कहिलै रक्तदान पश्चात चक्कर आउनु, पसिना आउनु, वजन कम हुनु या कुनै पनि प्रकारको समस्या लामो समयसम्म रहीरहेमा तपाईले रक्तदान नगर्नुहोस् ।

एक रिसर्चको पाइएको छ कि रक्तदान गर्नुको विभिन्न फाइदा पनि छन् । जस्तै हर्ट अट्याक, मधुमेह, क्यान्सरको आशंका कम हुनु । शरीरमा कोलेस्ट्रोलको मात्रा घट्नु । शरीरमा बढी आइरन हुनु पनि शरीरको लागि हानिकारक हुने गर्छ । रक्तदान गर्नाले आइरनको मात्रा शरीरमा नियन्त्रित रहन्छ । रक्तदान महादान हो । यसबाट कसैको जीवन बचाउन तपाईको ठूलो भूमिका रहेको हुन्छ, जुन खुशीको कुनै सीमा छैन केवल महसूस गर्न सकिन्छ ।

 


प्रकाशित : २०७९ मंसिर २१ गते १:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology