पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागी योजना तयारी गोष्ठी रामपुरमा सम्पन्न

Kandara News
प्रकाशित : २०७९ मंसिर २६ गते १८:०५

पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागी योजना तयारी गोष्ठी रामपुरमा सम्पन्न

पाल्पा , पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समिक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागी योजना तयारी गोष्ठी सोमबार रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । गोष्ठीले रामपुर नगरपालिकालाई २०८० बैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने निर्णय गरेको छ । साथै नगर भित्रका सवै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न सवै वडामा माघ महिना देखि चैत्र महिना भित्र सवै घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पु¥याउने निर्णय गरेको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको गोष्ठीमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सवै क्षेत्र कमजोर हुने बताउनुभयो । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउँदै उहाँले नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागी विभिन्न योजना सहित बजेट विनियोजन गर्ने बताउनुभयो । साथै गुणस्तरिय सेवा प्रदानका लागी सवै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरिले स्थानिय तहले स्वास्थ्यलाई विकासको मुद्दा बनाउनु पर्ने बताउनु भएको छ । उहाँले हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरि कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यापानेले खोपको अवस्था , खोपको महत्व , पूर्ण खोप कार्यक्रमको उद्देश्य , पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रिया लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । यस्तै रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थ प्रसाद ढुंगानाले नगरपालिका भित्र खोपको अवस्थाको बारेमा जानकारी गराउदै अभिलेखमा खोपको पहुँच कम देखिए पनि सवैले खोप पाएको बताउनुभयो । उहाँले पछिल्लो ३ बर्षको अवधिमा नगरका ८० प्रतिशत जनता खोपको पहुँचमा रहेको तथ्याङ्क सार्वजनिक गर्नुभयो । बाँकी २० प्रतिशत पनि खोपको पहुँचमा रहेको तर तथ्याङमा अभिलेख नराखेका कारण कम प्रतिशत देखिएको स्पष्ट पार्नुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा नगर भित्रका वडा अध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्य शाखाका कर्मचारी , स्वास्थ्य स्वयम सेविका लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरिको अध्यक्षतामा भएको गोष्ठी रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नुभएको थियो ।


प्रकाशित : २०७९ मंसिर २६ गते १८:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology