पाल्पा जिल्ला पालिका स्तरीय भलिबल खेलमा रामपुर विजेता ;पूर्वखोला उपविजेता ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ पुष १ गते २२:०७

पाल्पा जिल्ला पालिका स्तरीय भलिबल खेलमा रामपुर विजेता ;पूर्वखोला उपविजेता ।
पाल्पा , रामपुर

ग्रामीण समाज केन्द्र रामपुर नगरपालिकाको आयोजनामा पालिका स्तरीय पुरुष भलिवल खेल सम्पन्न गरेको छ । जनशान्ती माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सवको अबसर संगै संचालन भएको पालिका स्तरीय भलिबल खेलमा रामपुर नगरपालिकाले पूर्वखोला गाउँपालिकालाई ३-१ सेटमा हराउदै प्रथम स्थानमा रह्यो रामपुर संग पराजय भएको पूर्वखोला गाउँपालिका दोस्रो स्थानमा रह्यो । त्यस्तै प्रतियोगितामा रम्भा गाउँपालिका तेस्रो स्थानम रह्यो भने तानसेन नगरपालिका सान्तोना बन्यो।

कार्यक्रमका प्रमुख अतिथि संघिय साम्सद नारायण प्रसाद आचार्यले यस क्षेत्रमा परापुर्व कालदेखिनै भलिवल खेल हुने क्षेत्र भनेर चिनिएको बताउनु भयो प्रमुख अतिथि आचार्यले खेलाडी र खेलको संरक्षणमा रहेर आफुले काम गर्ने बताउनु भयो । आचार्यले प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय, सान्तोना हुने टिमलाई पुरस्कार वितरण गर्दै यस क्षत्रको विकास कार्यक्रममा आफू कटिबद्ध रहने बताउनु भयो ।

प्रथम, द्धितीय, तृतिय र सान्तोनालाई क्रमशः ६० हजार , ४० हजार , २० हजार र १० हजार साथमा मेडेल र प्रमाण पत्र वितरण गरिएको थियो ।
भलिबलमा उत्कृष्ट खेलाडी राममुरका अशिम राना , उत्कृष्ट सेटर पूर्वखोलाको रमश घर्ती , उत्कृष्ट बल्कर पूर्वखोलाका देब सिजाली , उत्कृष्ट डिफेन्डर पूर्वखोलाका विनोद नेपाली , बेस्ट स्पाईकर रम्भाका याम गाहा रहनु भएको थियो ।

कार्यक्रममा भलिबलखेलमा सहयोग गर्ने विभिन्न संघ संथा , व्यक्तिहरुलाई सम्मान सहित मायाँको चिनो प्रधान गरिएको थियो ।

कार्यक्रम जनशान्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजालीको अध्यक्षतामा माछापुच्छ्रे खेलकुद मन्चंका अध्यक्ष नेत्र गाहाको स्वागत मन्तव्य र दिपक चोहानको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ पुष १ गते २२:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology