कमला प्राथमिक विद्यालयको ३२ औं वार्षिकोत्सब सम्पन्न

होम राई मगर
प्रकाशित : २०७९ पुष २ गते ६:१०

पाल्पा / २ पौष । कमला प्राथमिक विद्यालय निस्दी-६,अर्चले,रनगुवा,पाल्पाको ३२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक सिं खण्डलुको अध्यक्षता सन्चालन भएको कार्यक्रमको मुख्य पाहुना वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुनारीले गुणस्तर शिक्षा आजको आवश्यकता रहेको बताउदै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । हाल निस्दीका विद्यालयहरुमा भौतिक पक्ष खासै कमजोर नभएको बताउदै शैक्षिक उपलब्धि वृद्धिमा सम्बद्ध विद्यालयहरुले कार्ययोजना बनाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेम बहादुर बयम्बुले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य प्रकाश राना,विद्यालयका संस्थापक शिक्षक तोल बहादुर राई,देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अर्जुन बयम्बु लगायतकाले आ-आफ्नो धारणा राख्नु भएको थियो । सोही अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप तथा कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

विद्यालयका शिक्षिका टुकी सरा बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षक लिलारामले गर्नुभएको हो ।


प्रकाशित : २०७९ पुष २ गते ६:१०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology