पाल्पा / ७  पुष ।  निस्दी गाउँपाकिका वडा न.-५,गल्धामा बाल भेला सम्पन्न भएको छ । 
वडा न-५,गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमैको अध्यक्षतामा बसेको भेलाको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्नु हुदै गाउँपालिका अध्यक्ष सारुले बाल अधिकारको सुनिश्चितता नै अहिले प्रमुख उपलब्धि रहेको बताउनुभयो । आजका बालबालिका भविष्यको समाज परिवर्तनको सम्बाहक रहेको बताउदै समाज र विद्यालय नै बाल अधिकारको कार्यान्वयन स्थल रहेकोमा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष तिरण कुमारी श्रेष्ठले बाल बिबाह नै निस्दीको चुनौती रहेको बताउदै बाल बिबाह न्यूनीकरणमा सबैको सहयोग आवश्यकता रहेको बताउनुभयो । यसैगरी शिक्षा शाखा संयोजक नर बहादुर थापाले साप्ताहिक क्रियाकलाप सहभागिता र सन्चालनमा बाल मन्चले सकृयता देखाउनु पर्ने बताउनुभयो । 
     भेलाले निशा सारु अध्यक्ष रहेको ११ सदस्यीय वडा स्तरीय लालीगुराँस बाल मन्च गठन गरेको छ । जसको उपाध्यक्षमा तिशल बयम्बु,सचिवमा जेनिषा सोती,सहसचिवमा मीन बहादुर खाम्चा र कोषाध्यक्षमा आशिष बयम्बु रहनुभएकि छ । यसैगरी सदस्यहरुमा रेजिना खन्गाहा,सफलता अर्याल,चनुषा सारु,हिना वि.क,रोशन सोमै र अनुष्का सोती चयन हुनुभएको छ ।
   निस्दीको ७ वटै वडाहरुमा गठन गरिने बाल मन्चको लागि भोलि वडा नम्बर-७,ज्यामिरेमा बाल भेला हुने बाल कल्याण अधिकारी कुश्माखर पाण्डेयले बताउनुभयो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ पुष  ७ गते १८:०४
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment