पूर्वखोलामा ट्याक्टरले किच्दा सहचालक सारूकाे मृत्यु

Kandara News
प्रकाशित : २०७९ पुष २१ गते ८:३४

पाल्पा – जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरेमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारु रहेको प्रहरीले जनाएको छ ।

बुधबार बेलुकी ८ः३० बजेतिर निस्दीबाट कच्ची भित्रीसडक हुँदै पूर्वखोलातर्फ आउदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालक सारुको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीमा बस्नुभएका सारु एक्कसी खस्दा बाँयापट्टीको चक्काले किचेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।


प्रकाशित : २०७९ पुष २१ गते ८:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology