उपभोक्ता समितिका पदाधिकारीहरुको लागि क्षमता विकास तालिम पूर्वखोलामा सम्पन ।

Kandara News
प्रकाशित : २०७९ पुष २२ गते २२:२३

उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित क्षमता विकास तालिम कार्यक्रम पूर्वखोलामा सम्पन भएको छ ।

उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित क्षमता विकास तालिम कार्यक्रम पूर्वखोलामा -३ रिङ्नेरहमा सम्पन भएको छ । पूर्वखोला -३ रिङ्नेरमा सम्पन्न भए संगै पालिका भरि सम्पन्न भएको हो ।
यस अघि पूर्वखोला गाउँपालिकाले सिलुवा , जल्पा , देवीनगर , वीरकोट र हेक्लाङ्गमा उपभोक्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । आज रिङ्गनेरहमा तालिम सकिको हो ।
कार्यक्रमका प्रमुख अतिथि मान बहादुर सारुले अन्य वडामा भन्दा यो वडामा योजनाको हिसावले धेरै देखिएकाले पनि काम छिटो उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुरोध गर्नु भएको थियो । अधिकृत सारुले सबैमा काम सम्पन्न गरि योजनाको भुक्तानी लिन समेत आग्रह गर्नु भएको थियो ।

एक दिने अभिमुखी कार्यक्रमको सहजिकरण योजना अधिकृत विनोद नेपाल , लेखा शाखा अधिकृत सुमन भट्टराई , इन्जिनियर , प्राविधिक दुर्गा घर्ती लगाएतले योजनाको काम गर्ने कसरी , भुक्तानी सम्बन्धमा प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका कार्यलालिका सद्स्य देवि सरा गाहा वडा सद्स्य बासुदेब न्यौपाने , गणेश बहादुर काम्मु लगायतले समयमै काम सम्पन गर्न शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा रिमिसरा फालको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ पुष २२ गते २२:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology