हुगीमा ट्याक्टर दुर्घटना , एक जनाको मृत्युु

Kandara News
प्रकाशित : २०७९ पुष २५ गते ९:५१

पाल्पा : रम्भा गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।

रम्भा गाउँपालिका–१ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

गाउँपालिकाको पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर आइतबार साँझ दुर्घटना भएको हो।

घाइते विशालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि लैजाँदा चिकित्सकले गएराति मृत घोषणा गरेका डीएसपी थापाले बताए।

घाइतेमध्ये तीनजना उपचार भएपछि डिस्चार्ज भएका छन्। एकजनाको उपचार भइरहेको छ।

ट्र्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०७९ पुष २५ गते ९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology