माघे संक्रान्ति

बबिन राना
प्रकाशित : २०७९ पुष ३० गते २०:०९

“माघे संक्रान्ति” माघे संक्रान्ति पर्व मा मात्र सिमित नभई । बिशेष गरि यो दिनको धार्मिक तथा बैज्ञानिक कारण पनि रहेको छ। नेपाली पात्रो अनुसार प्रत्येक महिनाको पहिलो दिनलाई सक्रान्ति भन्ने गरिन्छ। सक्रान्ति को अर्थ हुन्छ संक्रमण अर्थात् प्रवेश, माग महिनाको पहिलो दिन सुर्य धनु राशी बाट मकर राशी मा प्रवेश गरेको हुनाले यस दिनलाई मकर सक्रान्ति भनियको हो। यस पर्व सम्बन्धि धेरै दन्त्य कथा हरु रहेको पाइन्छ र त्येही कथन को आधारमा नेपाली हरुले माघे सक्रान्ति मनाउदै आइरहेको छ। यस दिनमा नेपाल सरकार ले पनि सार्बजनिक बिदा दियको हुनाले यस दिन पर्वको रुपमा स्थापित भएको छ भन्ने कुरालाई नकार्न सकिदैन। बिशेष गरि मगर जाति लगायत तराइका थारु जातिले आफ्नो पर्व को रुपमा मनाउदै आइरहेको पाइन्छ। यस अबसरमा नेपाल मगर सघ ले ३दिन काठमाडौँ को टुडिखेलमा विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाउने गर्दछ। यस्तै सामान्य रुपमा देसका हरेक क्षेत्र मा बस्ने मगरहरुले आफ्नो पर्वको रुपमा मनाउदै आइरहेको छ। यस पर्व लाइ मगर सक्रान्ति पनि भनेर भन्ने गरिन्छ। यो दिनमा ठाउँ अनुसार बिभीन्न खाने कुरा हरु खाने ठुला ठुला मेला हरु लाग्ने गरेको पाइन्छ। नेपालकै सबै भन्दा बढी मगर भएको जिल्ला पाल्पा मा भने यस पर्ब मा सेल रोटि,बटुक, मासु लगायत तरुल हरु खाने गर्दछ। र घ्याङ्गसिङ्ग धोधोरा भन्ने तिहार को देउसी भैलोको छनक दिने नाचगान गर्ने चलन रहेको छ त्येसैले पनि यस दिन अर्थात् पर्वलाइ “मिनी” तिहारको रुपमा मान्ने गरेको पाइन्छ। नेपाल बहु जाती बहु भाषी बहु सस्कृति भएको देश भएको हुनाले पनि जातजाति अनुसार विभिन्न समय कालखण्डलाइ आफ्नो अस्तित्व आफ्नो सान आफ्नो पहिचान को रुपमा लिने गरेको पाइन्छ। यस्ता हरेक किसिमका चाडबाडले हामी जे सुकै जाति जुन सुकै धर्म लिङ्ग समुदायको भएता पनि संगै रमाउने खुसि सातासात गर्ने एक उत्कृष्ट माध्ययम बनेको छ। यस्ता पर्व अर्थात् दिन हरुलाई हामी सबै भन्दा महत्वपूर्ण अबसर को रुपमा विकास गरिरहेका छौ जसले निकै गर्ब महसुस गराउदछ । पक्कै पनि यस्ता चाडबाडले जुराएको यो महत्व पूर्ण समयको उचित प्रयोग गरि एक आपसमा भाइचारा निर्माण गर्दै देश लाई विकास को एक खुड्किलो माथि पुर्याउन सहयोग गरौ धन्यवाद !


प्रकाशित : २०७९ पुष ३० गते २०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology