अघाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवककाे मृत्यु

Kandara News
प्रकाशित : २०७९ माघ १ गते २१:५२

पाल्पा – जिल्लाको माथागढी–१, अघाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जना युवकको ज्यान गएको छ । शनिबार बेलुकी ७ बजेतिर विद्युत्को मुख्य लाइनबाट विद्युत् हुक गरी माछा मार्ने तयारी गर्ने क्रममा करेन्ट लागेर रम्भा गाउँपालिका–४, का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको हो । थापाको तानसेनस्थित पाल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक थापासँगै माछा मार्न गएका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्भा–४, का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेश्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निसान दर्लामी र मदनबहादुर थापा रहेका छन् ।

घटनामा मृतक थापासँगै रहेका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ माघ १ गते २१:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology