पाँचौं लाफाकपको उपाधि न्यौपाने र फौदारलाई

Kandara News
प्रकाशित : २०७९ माघ १० गते ७:५८

तिलोत्तमा — पाँचौं लाफा/प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारले उचालेका छन् ।मेन्स डबल’बी’ लेबलको फाइनलमा आयोजकका न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै उनीहरूले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुन सफल रायमाझी र गुरुङको जोडीले २५ हजार नगद प्राप्त गरे । त्यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पौडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, भेट्रान्स मेन्स डबल प्रतियोगितातर्फको उपाधि भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडीले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोककुमार भुषालको जोडीले तनहुँका कमल राना र खुम गुरुङको जोडीलाई सोझो २–० को सेटमा पराजित गर्दै भेट्रान्सको उपाधि पोल्टामा पारेका हुन् । उनीहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उपविजेता तनहुँका खेलाडीहरुले नगद १५ हजार ५ सयमा चित्त बुझाए । भेट्रान्सतर्फ सेमीफाइनलमा पुग्न सफल बसन्त र महेश बज्राचार्यको जोडी र मनबहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।

प्रतियोगितामा घोराहीका हिमांशु कुँवर उत्कृष्ट खेलाडी चुनिए । दानिस कुरेसी उदयमान खेलाडीको उपाधि चुम्न सफल भए । बुटवल उपमहानगरपलिकाको मुख्य प्रायोजन र लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को सह–प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रानतर्फ ३२ टिम र खुल्ला मेन्स डबलतर्फ ६४ टिमको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७९ माघ १० गते ७:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology