राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पूर्वखोलामा सुरु

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ माघ १२ गते २२:१६

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पूर्वखोलामा सुरु
डिल्ली राज पंगेनी
पाल्पा, पूर्वखोला
पालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बाट पूर्वखोला उद्वुद्ध मा वि को खेलमैदानमा शुरु भएको छ ।सात माद्यमिक तहका विद्यार्थीहरू सहभागी हुने उक्त प्रतियोगिताको प्रदेश सभा सदस्य खेम बहादुर सारुले खेलको उद्घाटन गर्दै राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा मात्र विद्यार्थीलाई सहभागी गराउन विद्यालयहरुले विद्यार्थीहरुको लागि अतिरिक्त कृयाकलापमा जोडदिनु पर्ने बताउनु भयो । सारुले शारीरिक तथा बौद्धिक क्षेत्रको चौतर्फी विकासको लागि शिक्षकको महत्त्वपूर्ण भुमिका हुने बताउदै पूर्वखोलाको शैक्षिक विकासको लागि दीर्घकालीन योजनाको आवस्यकता रहेको बताउनु भयो । प्रदेश साम्सद सारुले स्थानिय तह स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा विजेता हुने गरि खेल खे ल्न सम्पुर्ण विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो।
प्रमुख अथिती खेम बहादुर सारु र गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , शिक्षा शाखा संयोजक लोकहरी देवकोटा ले संयुक्त रुपमा भलिबल खेलका रेफ्री अन्न्नत प्रसाद श्रेष्ठ , नुन बहादुर सारुलाई भलिबल खेल हस्तान्तरण गरी सुभारम्भ भएको थियो ।

माद्यामिक तह स्तरिय खेलमा छात्रा- छात्र भलिवल , कबड्डी छात्र- छात्रा , एथेलेटिक्स , दौड रिलेडौंड , हाईजम्प , लमजम्प र ज्याभिलिन थ्रो खेलकुद हुने पूर्वखोला गाउँपालिका शिक्षा संयोजक लोकहरी देवकोटाले बताउनु भयो ।
स्थानिय तह स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १२,१३ र १४ गते सम्म संचालन हुने छ । उद्घाटन खेल पूर्वखोला गाउँपालिका शिक्षा संयोजक लोकहरी देवकोटाको अध्यक्षता उद्बुद्ध मा.वि. का शिक्षक सुशील न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ माघ १२ गते २२:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology