रामपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु ।

Kandara News
प्रकाशित : २०७९ माघ १५ गते २२:४१

, रामपुर नगरपालिका-५, मा आईतबार साँझ मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रामपुर-५, बेझाँड बजार बाट कान्जीहाउस तर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाईकल बेझाँड बजार- काञ्जीहाउस सडक खण्डमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिरकोट नगरपालिका-९, स्याङ्जा घर भई हाल पाल्पाको रामपुर नगरपालिका- २
पुलचोक बस्ने २१ वर्षिय प्रदिप नेपाली रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बेझाँड- काञ्जीहाउस सडक खण्डको गत वर्षादमा सडक भासिएर अवरुद्ध रहेको स्थानमा साँझ मोटरसाईकल दुर्घटना भएको थियो । दुर्घटना पश्चात उनलाई उपचारको लागि रामपुर अस्पताल लगिएको थियो । अस्पतालले उनलाई साँझ पौने ८ बजे मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

तिव्र गतिमा रहेको मोटरसाईकल भासिएको सडक बाट तल खसेको थियो । दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ माघ १५ गते २२:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology