रानिमहलको आगनमा चौतारीको साधारणसभा

जनक राज भट्टराई
प्रकाशित : २०७९ माघ २२ गते २२:०२

पाल्पा माघ २२/प्रेस चौतारी नेपाल पाल्पाले आफ्नो २५ औं स्थापना दिवस तथा शाखा साधारणसभा रानिमहल दरबार परिसरमा रानिमहल घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको छ ।
स्थापना दिवस एवम् साधारणसभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य समृद्ध नेपाल र शुखी नेपाली बनाउने काममा मिडियाले गरेको योगदान प्रसंसनिय रहेको बताउनु भएको छ। वहाँले पेशागत मर्यादालाई मिलाउदै अघिबढने वातावरण सिर्जना हुने बिश्वास व्यक्त गर्नु भएको छ । फरक प्रसंगमा बोल्दै एमाले प्रदेश सदस्य समेत रहनुभएका नारायण आचार्य हिजो असहज परिस्थितिमा समेत ड्टेर लागेको बताउदै महत्त्वपूर्ण बेलामा डराउनेले नेतृत्व लिनु समेत नहुने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र प्रसाद घिमिरेले पत्रकारिताको माध्यम बाट प्रेस चौतारीले खेलेको भुमिकालाई प्रशम्सा गर्दै एतिहासिक साधारणसभा ले यो एतिहासिक महल पर्यटन प्रबधन सहयो पुग्ने बताउनुभयो । प्रेस चौतारी नेपालका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले जनभावनाका सवाललाई उठान गर्दै ब्यावसायिक पत्रकारिता बनाउने योजना अनुरुप निरन्तर लागिपरेको बताउनु भएको छ। प्रगतिशील पत्रकारहरूको संस्थाको रुपमा आफ्नो गर्बिलो इतिहास र भुमिका रहेको भन्दै पत्रकारहरुको कार्यदक्षता सहित समृद्धिका लागि अभियानकै रुपमा लागिपरेको बताउनु भएको ।कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद राजु श्रेष्ठले पत्रकारहरुले राम्रो र नराम्रो छुट्याएर सत्यतथ्य को बिषयको बारेमा सकृय भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । प्रदेश सांसद खेम सारुले समाजको सकारात्मक बिकासमा पत्रकारहरुको भुमिका अहम् रहेको बताउनु भएको छ । अर्का प्रदेश सभा सदस्य इन्दिरा गहतराजले चौतारीले गरेको सम्मानले आफुहरुलाइ थप हौसला मिलेको बताउदै सामाजिक सेवामा चौतारी अग्रहणी रहेको बताउनु भएको छ ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बगनासकाली गाउँपालिकाले विभिन्न समयमा दरवार क्षेत्रको बिकासकालागी पहल गरेको बताउदै प्रेस चौतारीनेपाल पाल्पाले रानीमहल क्षेत्रमा साधारणसभा गर्दा पर्यटकिय क्षेत्रको विकासका लागी महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका उप प्रमुख काशिका गैरे, प्रेस युनियनका सभापति भरत शर्मा, उधोग बाणिज्य संघका सचीव बिदुर घिमिरे, बिस्णु बहादुर कार्की ,युवराज ज्ञवाली , केशव नेपाल , जयदिप पन्थी , रेखिराम राना ,नारायण बहादुर जिसि , अक्षयकोषदाता तुल बहादुर अधिकारी माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी , एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे , रास्ट्रीय स्वतन्त्र पाट्टीका सचिव सुमन गैरे, रास्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगाएतले वर्तमान राजनीतिक अवस्था सञ्चारकर्मीले खेल्नुपर्ने भुमिका लगाएत बिसयमा बोल्दै प्रेस चौतारीको भूमिकाको चर्चा गर्नु भएको थियो ।
जिल्ला अध्यक्ष कृष्ण कार्कीले संगठनको काम निरन्तर गरेको बताउदै आगामी दिनमा पत्रकारितालाइ ब्यवसायिक बनाउन लागि पर्ने बताउनु भएको उक्तकार्यक्रम मा प्रतिनिधि सभा र प्रदेश सभामा पाल्पाबाट निर्वाचित सदस्यहरुलाइ सम्मान पत्रले संमान गरेको थियो । चौतारीका सचीव नारायण न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा चौतारी बुलेटिन प्रकासन गर्ने ,घुम्ती बैठक गर्ने , वैदेशिक अध्यन अबलोकन भ्रमण गर्ने योजना रहेको बताउनु भएको सो कार्यक्रम उपाध्यक्ष बन्दना पोखरेल को स्वागत मन्तव्य बाट सुरू भएको थियो ।


प्रकाशित : २०७९ माघ २२ गते २२:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology