तेस्रो रामपुर महोत्सव ,हामी सबैको उत्सव भन्ने अभियानका साथ

रमा भण्डारी
प्रकाशित : २०७९ माघ २३ गते १९:११

तेस्रो रामपुर महोत्सव ,हामी सबैको उत्सव भन्ने अभियानका साथ माघ २७ गतेदेखि फागुन ८ गतेसम्म हुने रामपुर महोत्सवको तयारी तिब्र रुपमा भैरहेको मेला मुल आयोजक समितिले जानकारी दियको छ । तयारीकै क्रममामा आज रामपुरका आमा समुह, महिला सन्जाल ,समुहको भेला भयको छ । मेला आयोजक महिला तथा आमा समूह परिचालन यबम ब्यबस्थापन उप समिति सम्योजक उमा कुमारी श्रेष्ठको अध्यक्षतामा बसेको भेलामा महोत्सव शोभा यात्रा, झाकी र्याली तयारी र सहभागी ताको बारेमा छ्लफल गरि भब्य रुपमा सफल पार्ने निर्णय गरेको छ । भेलामा मेला मुल आयोजक समिति अध्यक्ष यबम रामपुर उद्द्योग वाणिज्री संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेला महोत्सवको उद्देश्य को बारेमा जानकारी गराउदै गराउदै सहभागीता र सहयोगको लागि अनुरोध गर्नु भयको छ । भेलाको सन्चालन महोत्सव आयोजक समिती सदस्री दुर्गा देवि रानाले गर्नु भयको छ । त्यसै गरि आजै संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको सम्योजक्त्वमा निस्दी गाउपालिका, बाणिज्य उपाध्यक्ष बिश्नु बहादुर सारु र उद्द्योग उपाध्यक्ष भरत राज देवकोटाको सम्योजकत्वमा प्रस्तावना सहित सहयोग र समन्वयको लागि गल्याङ, चापाकोट नगरपालिका र रम्भा गाउँ पालिकामा भेटघाट छ्लफल र समन्वय गरेको छ ।


प्रकाशित : २०७९ माघ २३ गते १९:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology