निस्दीमा बालमैत्री शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

होम राई मगर
प्रकाशित : २०७९ माघ २५ गते ६:४०

निस्दीमा बालमैत्री शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा / २३ माघ । निस्दी गाउँपालिका पाल्पामा बालमैत्री शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँ कार्यपालिकाको सभा हलमा सम्पन्न भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष सारुले निस्दीलाई घरपरिवार देखि विद्यालय सम्म बालमैत्री बनाउने योजना रहेको बताउनुभयो । बाल मैत्री शासनको लागि बालबालिकाहरुको अधिकार सुनिश्चितता हुनुपर्ने र आफ्नो बालबालिकाहरु आफ्नो कर्तव्य प्रति सधै सकारात्मक रहनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा कार्यपालिका सदस्यहरु,विषयगत शाखाका प्रमुख,प्रहरी प्रमुख,बाल मन्चका अध्यक्ष गरी ३० जनाको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभएको छ । गोष्ठीमा बाल अधिकार सम्बन्धि , बाल मैत्री स्थानीय शासन घोषणाका सुचकहरुका साथै प्रक्रिया र चरणका बारेका छलफल गरिएको थियो । गोष्ठीको सहजीकरण बाल अधिकारकर्मी रुद्र मश्राङ्गी र शालिकराम पाण्डेले गर्नु भएको हो ।

माघ २२ र २३ गते सम्म जम्मा २ दिन सन्चालन भएको कार्यक्रमको सन्चालन बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले गर्नुभएको हो ।


प्रकाशित : २०७९ माघ २५ गते ६:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology