घुम्ती सेवाले गर्दा स्थानीय सेवाग्राहीहरुको खर्च जोगियो

Kandara News
प्रकाशित : २०७९ माघ २६ गते २२:२८

घुम्ती सेवाले गर्दा स्थानीय सेवाग्राहीहरुको खर्च जोगियो ।
पूर्वखोला गाउँपालिकाको घुम्ती शिविर सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाले स्थानिय जनताहरुलाई सहज होस भनेर गाउँपालिकाले दिने सेवाहरु वडाबाटै सेवा दिने गरि पालिकाको योजना राखेको सोही अनुसार पालिकाको ६ ओटै वडामा शिविर राखिको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो । थापाले वडामा आवश्यकताको आधारमा पालिकाले पुन यस्तै सेवाहरु प्रदान गरि नागरिकहरुलाई सहजै सेवा उपलव्ध गराउने वताउनु भयो ।

पूर्वखोला गाउंपालिकाको आयोजनामा मिति माघ १९ गते वडा नं ६ हेक्लाङ वाट शुरु गरिएको घुम्ती शिविर कार्यक्रम यहि माघ २६ गतेका दिन वडा नं ३ रिङ्नेरमा आएर सम्पन्न भएको छ ।

स्थानीय नागरिकहरुलाई आवश्यक पर्ने सेवाहरु घर दैलोमा गएर दिने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा योजना सम्झौता तथा योजनाको फरफारक, व्यवसाय दर्ता, नविकरण तथा सुचिकरण, अपांगता भएका व्यक्तिहरुको पहिचान तथा परिचय पत्र वितरण, गरिव परिवार परिचय पत्र वितरण, पन्जिकरण, स्वास्थ्य तथा आर्युरवेद सेवा, खानेपानीको गुणस्तर परिक्षण लगाएतको सेवा उपलव्ध गराइएको पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारुले बताउनु भएको छ ।
६ वटा वडामा ६ दिन सम्म संचालित घुम्ती सेवा कार्यक्रममा ६९ वटा योजना सम्झौता तथा ४ वटा योजनाको फरफारक, १०३ वटा गरिव परिवार परिचय पत्रको वितरण, १५ वटा अपांग परिचय पत्र वितरण गरिएको पूर्वखोला गाउँपालिका सुचना अधिकृत मोहन ढकालले बताउनु भयो । त्यसैगरी व्यवसाय दर्ता , नविकरण तथा सुचिकरणवाट १ लाख १२ हजार ६ सय साठी रुपैया राजश्व संकलन गरिएको छ ।
घुम्ती सेवामा करिव ६०० जनाले सेवा लिएको कुरा पूर्वखोला गाउँ कार्यपालिकाको कार्यालयका योजना शाखा प्रमुख बिनोद नेपालले वताउनु भयो ।
पूर्वखोला गाउंपालिकाको शाखागत कर्मचारी , ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका डा.विवेक पौडेल , स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, आयुर्वेद औषधालयका प्रमुख बिनोद कहार, ग्लोवल आइ एम इ वैंक पूर्वखोलाका शाखा वडा सचिवहरु, वडाका प्राविधीक तथा जनप्रतिनिधीहरुले घुम्तीसेवा कार्यक्रममा स्थानीय सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुभएको थियो ।
“सानो कामले पनि पालिका जानु पर्ने र महँगो गाडीभाडा तिर्नु पर्ने हुन्थ्यो तर यो घुम्तीसेवाले घरदैलोमा नै आएर सेवा दिएको हुंदा धेरै जनाको गाडीभाडा जोगिएको र घरदैलोमा नै राम्रो सेवा पाएको” कुरा वडा न १ सिलुवाका नुन बहादुर खासुले वताउनु भयो । त्यसैगरी वडा नं ४ देविनगर स्थित सोमदिप लिन्दीगैरा मोटरवाटो उपभोक्ता समितिको अध्यक्ष हेमीसरा गाहाले घुम्तीसेवा कार्यक्रमले स्थानीय सेवाग्राहीहरुलाई अन्यन्त फाइदा भएको, योजना सम्झौता गर्न ३ जना नै पालिकामा जानु पर्दथ्यो तर आफ्नै वडामा सेवा प्राप्त भएकोले खर्च वचेको, कर्मचारी र सेवाग्राही विचको दुरी नजिक वनाएको कुरा वताउनु भयो ।


प्रकाशित : २०७९ माघ २६ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology