तेस्रो रामपुर महोत्सव आज बाट रामपुर शुरु

रमा भण्डारी
प्रकाशित : २०७९ माघ २७ गते १९:२२

तेस्रो रामपुर महोत्सव आज बाट रामपुर शुरु
माघ २७ रामपुर पाल्पा

तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आजबाट रामपुरमा सुरु भएको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा मेला आयोजना गरिएको हो । संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको हो । उहाले तीन तहको सरकारले समन्वय र।सहकार्य गरेर काम गरेमा विकासको फड्को मार्ने बताउनुभएको छ । यो क्षेत्र केन्द्रको राजधानी बनाउन सकिने सम्भावना रहेको बताउनुहुदै रामपुर नगरपालिकालाई बृहत्तर नगरपालिका बनाउने भनियतापनि तालमेल नमिल्दा केही विकासमुलक काममा समस्या परिरहेको बताउनुहुदै प्रतिनिधि सभा सदस्य आचार्यले बिगतका कमि कमजोरीलाई मनन गर्दै विकासमुलक कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभएको छ । रामपुरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै डिएसपि सहितको दरबन्दीको प्रक्रिया अगाडि बढेको उहाले बताउनुहुँदै यश क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माण, उद्योग विस्तार र विकासका लागि सधै लागिपर्ने बताउनुहुन्छ ।
लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले संघको भवन निर्माण नहुदा उद्योग वाणिज्य महासंघको सदस्यता नपाएको हुदा व्यापार मेलाबाट आर्जन गरेको रकमले बहुउद्देश्यीय भवन निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । उहालेकालिगण्डकि करिडोर र मदन भण्डारी राजमार्ग संग रामपुर जोडिएकाले साना कुटिर उद्योग मात्रै नभई ठुला उद्योग व्यावसाय संचालन गरेर यहाको आर्यआर्जन बढाउनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव पुर्सोत्तम केसिले गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंक खनाल रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा,लेरामपुरको विकासको लागि हामी सबै एकजुट भएर सहकार्य गरेर अगाडि बढ्ुन पर्ने भन्दै महोत्सव सफलताको शुभकामना दिनुभएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तशिक्षा स्वास्थ्य आथिक सबृद्धिका लागि उद्योग र व्यापार कालिगण्डकी उपत्यका विकासको आधार भन्ने नाराका साथ अघि बढेको अवस्थामा अहिलो १४ वर्ष देखि १६ वर्ष उमेर समुहका बालबालिको गर्भपतनको संख्या बृद्धि भएको भन्दै यस्ता बालविवाह लाइ न्युनिकरण गर्नु नसके सम्म सबृद्धि नआउने भन्दै यस्ता कुरालाइ सबैले सहयोग गरेर न्युनिकरण गर्ने अनुरोध गर्नु भउको छ । , नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहा, नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे लगायतले बोल्नुहुदै मेला सफलताको शुभकामना दिनुभएको छ । मेलामा स्थानीय कला संस्कृति झल्कने कला संस्कृति देखाएको छ । महोत्सव उद्घाटन अघि संघको कार्यालय नहरअफिसबाट विभिन्न संघ संस्था, आमा समूह, महिला समुह, विद्यार्थीले आ आफ्ना कला संस्कृति सहित आफ्नै पोशाकमा र्यालि निकालिएको थियो । मेलामा कृषि प्रदर्शनी, व्यापारिक गरि करिव तीन सय स्टल रहेको छ । मेलाका पहिलो दिन आज दर्शकको उल्लेख्य सहभागीता रहेको थियोे । स्थानीयपन देखिने विभिन्न कला संस्कृति सहितको ५८ वटा झाकि प्रदर्शन गरिएको छ । मेला रामतुलसि नमुना माविको खेलमैदान बेझाडमा माघ २७ गते देखि फागुन ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।


प्रकाशित : २०७९ माघ २७ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology