गणपती माद्यमिक विद्यालतको ६४ आौं बार्षिकोत्सब तथा अभिभाबक दिवस सम्पन्न ।

Kandara News
प्रकाशित : २०७९ फागुन ७ गते २२:११

गणपती माद्यमिक विद्यालतको ६४ आौं बार्षिकोत्सब तथा अभिभाबक दिवस सम्पन्न ।
पूर्वखोलागाउँ पालिका ५ बिरकोट गणपति माध्यमिक बिधालयले आफ्नो ६४ आौ बार्षिकोत्सब तथा अभिभाबक दिवस भब्य रुपमा मनाएर सम्पन्न भएको छ । ।
कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेसका प्रदेस सभा सदस्य खेम बहादुर सारुले विद्यालयको ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको उत्द्धाटन गर्दै बिधालयका संस्थापक ब्याक्तित्वहरुको स्मरण गर्दै अभिभावकले बिधालयमा पढाएर बिध्यार्थीले पढेर मात्र हुदैन राम्रो र नराम्रो कुराहरु छुट्टयाई नराम्रा कुरा बाहिर निकाली ब्यक्तिगत बिकास गर्न तर्फ सक्रिय बनाउनुपर्ने बताउनु भयो । सारुले बालबालिकालाई संस्कार ,संकृतिक जस्ता कुराहरु सिकाउदै बिधयार्थीलाई आज्ञाकारी होईन जिम्मेवारी हुन सिकाउनुपर्ने कुराको जोड दिदै विद्यालयको उत्तर प्रगतिको कामन सहित विद्यालयको बार्षिकोत्सवको अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सारुले आर्य- ताहुँ -बिरकोट- रामपुर बाटो ७ मिटर सहित स्तर वृद्धि केही बर्ष हुने बताउनु भयो । कार्यक्रममा उद्बुद्ध कलेजका प्रमुख हरि प्रसाद न्यौपाने , वडा न.३ का वडा अध्यक्ष कृषण प्रसाद भट्टराई , उद्वबुद्व माध्यमिक बिधालयका शिक्षक अन्नत राम पाण्डे मनकामना प्राथमिक बिधालय प्रधानाध्यापक युब कुमार बि. क . पूर्वखोला गाउँपालिका कार्यपालिका सद्स्य चन्द्रसिं बर्मेली वडा सदस्य शिब कुमार श्रेष्ठ, शिक्षक अभिभाबकसंघका अध्यक्ष ऋषिराम ढेंगा, इलाका प्रहरी कार्यक्रमका प्रहरी साहिक निरक्षक रमेश प्रसाद पाण्डे, प्रहरी चौकी ताहुका याम बहादुर पुन लगायत अन्य पाहुनाहरुले विद्यालाको ६४ औं बार्षिकोत्सव तथा अभिभावक दिवशको अबसरमा शुभकामना सहित मनतब्य राख्नु भएको थियो । बिभिन्न अक्षयकोष दाता तथा भुपु विद्यार्थी मञ्चको कोषमा सहयोग गर्नेहरुलाई सम्मान पत्र ढाकाटोपी र खादाले सम्मान गरिएको थियो । बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरेले २ करोड १८ लाख ७८ हजार ७ सय ५ रुपैयाँ बराबरको आय ब्याय सार्बजनिक गर्नु भयो ।
बार्षिकोत्सवको अवसरमा सास्कृतिक कार्यक्रम, वडा भित्रका प्राथमिक विद्यालय स्तरीय हाजिरजवाफ , सहित बिभिन्न खेलकुदसंगै यस गणपति माध्यमिक बिधालयले आयोजना गरेको वडा भरिको टोल स्तरीय भलिबल प्रतियोगितामा १२ वटा भलिबल टिम सहभागी भएको प्रतियोगितामा प्रथम टोल आफरडाँडा , द्वितीय सिखरडाँडा र तृतीय कर्नेडाँडा भएको थियोे ।
कार्यक्रमा शिक्षक , अभिभावक , विद्यार्थीलाई समेत सम्मान तथा विभिन्न विधागत पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम बिधालयका साहेक प्रधानाद्यापक तिर्थ बहादुर सारुको संचालन र गणपति माध्यमिक बिधालय ब्याबस्थापन समितिका निमित्त अध्यक्ष याम बहादुर सारुको अध्यक्षता चलेको हो ।


प्रकाशित : २०७९ फागुन ७ गते २२:११

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology