जन उज्ज्वल आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा हुम बहादुर आले चयन ।

Kandara News
प्रकाशित : २०७९ फागुन १९ गते १९:०५

जन उज्ज्वल आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षम हुम बहादुर आले चयन ।
पाल्पा, अर्खलडाँडा
जन उज्ज्वल आधारभूत विद्यालयको वि.व्य.स. पुनर्गठन भएको छ । पुनर्गठन संगै वि.व्य.स.को पहिलो पूर्ण बैठकले सर्वसहमतिमा अध्यक्षमा हुम बहादुर आलेलाई चयन गरेको हो । आज फागुन १९ गतेको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको थियो । समितिमा अभिभावकहरुबाट मुक्तिनाथ पंगेनी , थन बहादुर सारु , दुर्गा आले, धनमायाँ बारघरे लाई सर्वसहम्तमा चयन हुनु भएको थियो । हुम बहादुर आले र भगवती फाल लाई मनोनित गरेको थियो । पदेन सदस्यमा पूर्वखोला -३ वडा सदस्य बासुदेव न्यौपाने , शिक्षक प्रतिनिधि डिल्ली राज पंगेनी र विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनी सदस्य सचिब रहने ९ सदस्यीय वि.व्य स. गठन भएको हो ।
त्यस्तै संजय पंगेनीको को अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । नव निर्वाचित समितिलाई वडा सदस्य बासुदेव न्यौपाने , निवर्तमान वि.व्य.स अध्यक्ष प्रेम नारायण पंगेनी , पूर्व वि.व्य.स. अध्यक्ष पूर्ण बहादुर फाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समिति गठन पूर्वखोला गाउँपालिका शिक्षा शाखा संयोजक ( छनोट समिती संयोजक) लोकहरी देवकोटाको अध्यक्षतामा र विद्यालयका शिक्षक डिल्ली पंगेनीको संचालनमा भएको हो


प्रकाशित : २०७९ फागुन १९ गते १९:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology