पाल्पाली सेवा समाज दोहा कतार द्धारा कालीका मा.वि. रामपुरमा ५१ हजारको अक्षकोष स्थापना ।

Kandara News
प्रकाशित : २०७९ फागुन १९ गते २१:३६

पाल्पा , पूर्वखोला

पाल्पाली सेवा समाज दोहा कतार द्धारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ अक्षकोष हस्तान्तरण कार्यक्रम कालिका मा.वि. रामपुर -४ देविस्थानमा सम्पन्न भएको छ ।
पूर्वखोला -३ पाल्पा पाल्पाली सेवा समाज दोहा -कतार द्धारा गरिब तथा जेहन्दार विद्यार्थीहरुको सहयोगार्थ अक्षकोष रम ५१ हजार विद्यालयको ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर राना र विद्यालयका प्रधानाद्यापक सोम बहादुर सेनलाई समाजका दोहा -कतारका सचिब विकास गैरेले हस्तान्तरण गर्नुभएको हो ।

 

वितरण पश्चात् सस्थाका सचिब विकाश गैरेले विदेशमा रहेर पनि नेपाली र पाल्पाली समाजको स्थापना गरेको र गरिब बालबालिकाले पाल्पाको केही विद्यालयमा शैक्षिक अक्षकोष स्थापना गर्ने सस्थाको योजना अनुसार कालिका मा.वि.का गरिब तथा जेहेन्दार विद्यार्थी हरुलाई सहयोग उद्देश्यले कोष स्थापना भएको बताउनु भयो ।


प्रकाशित : २०७९ फागुन १९ गते २१:३६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology