मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान रिङ्नेरहमा सम्पन्न

Kandara News
प्रकाशित : २०७९ फागुन २६ गते २०:५३

पाल्पा, पूर्वखोला
मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान आज पूर्वखोला -३ रिङ्नेरह सम्पन्न भएको छ । पार्टी केन्द्रिय सद्स्य गोकुल घर्ती प्रमुख अथिती रहनु भएको कार्यक्रममा पार्टिको अहिले भैरहेको गतिविधी तथा एमाले सदैब किसान मजदुर तथा पिछडिएका वर्गका हक हितको लागि आवाज उठाई रहेने पर्टि रहेको वताउनु भयो ।

घर्तीले नेकपा एमाले समानुपातिक मतमा एमाले पहिलो पार्टी रहेको बताउदै एमाले सवै क्षेत्रबाट घेराबन्दीमा पर्दा पनि देशको अधिकाम्स क्षेत्रमा विजय हासिल गरेको वताउनु भयो । घर्तीले एमाले मुख्य खम्बा भनेकै स्थानिय तहका नेता तथा कार्यकर्ता रहेकाले पार्टिको गतिविधिहरुलाई जनता सामु लैजान पर्ने वताउनु भयो ।

कार्यक्रममा स्थानीय वडा मिसन ग्रासरुट अभिमुखिकरण कार्यक्रममा प्रदेश कमिटी सद्स्य विष्णु आचार्य, पाल्पा क्षेत्र न .१ अध्यक्ष विमल काफ्ले , जिल्ला कमिटी सद्स्य नुन बहादुर थापा , नेकपा एमाले पूर्वखोला कमिटी अध्यक्ष जीवन आचार्य लगायतले एमाले पार्टीको गरेको कार्य दिशा तथा राज्य संचालनमा एमालेको भुमिका, कम्युनिस्ट पार्टीको भुमिकाको बारेमा प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रम वडा कमिटी अध्यक्ष खुम वहादुर पाटाको अध्यक्षतामा जिल्ला कमिटी सद्स्य कृष्ण प्रसाद भट्टराई को स्वागत तथा सचिब गंगा काम्मुको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ फागुन २६ गते २०:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology