त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा अनेरास्वव्यु द्वारा तालाबन्दि

Kandara News
प्रकाशित : २०७९ फागुन २७ गते २१:१३

५ गते हुने स्ववियु चुनावका लागि उम्मेदवारी दर्ता हुने समय भन्दा १.३० घण्टा अघि एमाले निकट अनेरास्ववियुले त्रिभुवन बहुमुखि क्याम्पस तानसेनमा तालाबन्दि गरेको छ । उसले क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईको कार्यकक्षको प्रवेश द्धारमा बिज्ञप्ती टांसेर ताला लगाएको हो । क्याम्पस प्रशासनले बिद्यार्थीका मागहरुलाई ध्यान नदिई चुनाव गर्न खोजेको, आर्थिक पारदर्शिता कायम नगरिएको, बिबिए र बिबिएमका बिद्यार्थीलाई उम्मेदवार बन्न र संगठन गर्न नदिएको कारण ताला लगाएको अनेरास्ववियु त्रिभुवन बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष अमृत भट्टराईद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ । क्याम्पस एउटै भएपनि व्यवहार फरक फरक गरिएको भन्दै विद्यार्थीहरुले मतदात गर्न पाउने, उमेदवार बन्न नपाउने व्यवस्था अन्त्य नभएसम्म निर्वाचनमा सहभागी नहुने भट्टराईको भनाई छ ।

क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले, विद्यार्थी, शिक्षक, अभिभावक र विद्यार्थी संगठनहरुको छलफलमा बिबिए र बिबिएमका विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी नगराउने तर मतदान गर्न पाउने गरी भद्र सहमती भएको बताए । क्याम्पस प्रमुख भट्टराईले सहमतती नभए ताला फोडेरै भएपनी चुनाव भने गराउने बताएका छन । ‘मैले छलफलका लागि बोलाएको छु, उनिहरुका मागका बिषयमा हामि सकारात्क छौँ, मागहरु संवोधन हुन्छन् निर्वाचन कार्यतालिका अनुसार चल्न दिनुपर्छ, नभएताला फोडेरै भएपनि चुनाव हुन्छ’ भट्टराईले भने, ‘अन्य विद्यार्थी संगठनहरु सबै चुनावका लागि तयार छन ।’अन्य संगठनका प्रतिनिधीहरुले अनेरास्ववियुको तालावन्दि हारको मानसिकता भएको बताएका छन् ।

पाल्पामा स्ववियु निर्वाचनको लागि ८ वटा संगठनहरु दर्ता भएका थिए । शुक्रवार सात वटा संगठनहरुले मनोनयन दर्ताका लागि फारम लगेका छन । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिको तालिका छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा २ हजार २ सय बढी विद्यार्थी छन ।


प्रकाशित : २०७९ फागुन २७ गते २१:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology