पूर्वखोला गाँउपालिकाका आई टि फोकल शिक्षकहरूलाई क्षमता विकास तालिम सम्पन्न

डिल्लीराज पंगेनी
प्रकाशित : २०७९ चैत २ गते १०:३६

पूर्वखोला,पाल्पा
आधारभूत तथा माध्यमिक विद्यालय आइटी फोकल शिक्षकहरुका लागि क्षमता विकास ५ दिने तालिम सम्पन्न भएको छ ।
समानपन कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले ५ दिनको क्रममा सिकेका हरुलाई निरन्तर अभ्यास गर्नुपर्ने बताउनु भयो । थापाले पूरानो परिपाठि भन्दा नविनतम सुचना प्रविधिको प्रयोग गरि शिक्षण गर्नुपर्ने बताउनु भयो । थापाले आफुले सिकेका कुराहरुलाई अन्य सबैलाई सिकाई प्रविधिमा दक्ष हुनुपर्ने पर्ने बताउनु भयो
कार्यक्रमममा भागरथी भट्टराई ले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नु अनुरोध गर्नु भएको थियो ।
५ दिन सम्म संचालन भएको तालिमको सहजिकरण लोकहरी देवकोटा , सुचना ज्ञवाली , झबिर राजले गर्नु भएको हो
कार्यक्रम पूर्वखोला गाउँपालिका शिक्षा शाखा संयोजक लोकहरी देवकोटा संचालमा पूर्वखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद नेपालको अध्यक्षतामा समापन भएको हो ।


प्रकाशित : २०७९ चैत २ गते १०:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology