ताल पोखरामा नयाँ वर्ष विशेष कार्यक्रमको आयोजना संञ्चालन हुने

रमा भण्डारी
प्रकाशित : २०७९ चैत ४ गते ६:१८

चैत्र पाल्पा

तालपाेखरा रामपुर ६ पाल्पामा आज पत्रकार भेटघाट कार्यक्रम भएकाे छ ।तालपाेखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकाेटाकाे अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा देवकोटाले २०८० साल बैसाख १/२ गते हुने तालपोखरा विशेष कार्यक्रमको प्रचारप्रसारका लागि पत्रकार भेटघाट कार्यक्रम राखेको बताउनु भयो । वहाले नयाँ वर्षकाबेला आन्तरिक र बाहिय पर्यटक भित्र्याउने र तालपोखराको विकासका लागि कार्यक्रममकाे आयाेजना गरेकाे बताउनु चयाे ।कार्यक्रममा विविध कार्यक्रम सहित राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने जानकारी दिनु भएकाे छ ।सस्थाका उपाध्यक्ष मित्रा ढकालकाे स्वागतबाट शुरु भएकाे कार्यक्रममा सहभागी पत्रकारले राखेका प्रश्न काे जवाफ संस्थाका अध्यक्षले दिनुभएकाे हाे ।नेपालकाे १०० पर्यटकिय गन्तव्य मा परेकाे तालपाेखरा काे विकासका लागि पनि कार्यक्रम गर्न लागेकाे बताउनु भयाे । कार्यक्रमकाे सन्चालन सस्थाका सदस्य जनक भण्डारीले गर्नु भएकाे हाे । कार्यक्रममा यस क्षेत्रका क्रियाशिल पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।


प्रकाशित : २०७९ चैत ४ गते ६:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology