पाल्पा चैत १७
गुणवती केसीको अध्यक्षतामा प्रेस चौतारी नेपालको तानसेन नगर कमिटी गठन भएको छ ।
भेलाले ७ सदस्यीय कमिटीको गठन गरेको हो जसको उपाध्यक्ष सिर्जना कार्की ,सचिव पबित्रा पराजुली कोषाध्यक्ष सुमित्रा कंडेल , सदस्य संजिला कार्की ,सिर्जना बोहरा र सुजाता खराल रहनु भएको छ।
कार्यक्रम बारे जानकारी गराउदै जिल्ला अध्यक्ष कृष्ण कार्कीले जिल्लामा मात्र सीमित रहेको चौतारीको नवौं महाधिवेशनबाट पारित विधानअनुसार हरेक पालिकामा समिति गठन गर्ने उल्लेख छ । ‘हामीले यही विधानलाई टेकेर पाल्पामा पहिलो चौतारीको स्थानीय कमिटी निर्माण गरेको अध्यक्ष कृष्ण कार्कीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सिनाले पत्रकारितासँगै पार्टीको प्रचारको जिम्मेबारी पनि सँगै लैजानुपर्ने कर्तव्य रहेकोे बताउनु भएको छ। उहाले भन्नू भयो संगठन बनाउने र बिस्तार गर्दै नेतृत्व बिकासमा लाग्न आग्रह गर्नु भयो ।राजनीतिक आन्दोलन मात्र नभएर सामाजिक आन्दोलनमा समेत पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउनु भएको छ ।
नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले गठन गरेको समितिका पदाधिकारीलाई सहयोग गर्ने वचन दिँदै पाल्पाको पत्रकारितालाई उर्वर भूमि बनाउनुपर्नेमा जोड दिनुभयो ।
भेलामा प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राम प्रसाद अर्याल ,प्रेस चौतारी लुम्बिनी प्रदेश सदस्य कृष्ण पोखरेललगाएतले प्रेस चौतारीले गर्व गर्ने काम गरेको उल्लेख गर्दै जनताका काममा लाग्नु पर्ने बताउनु भयो ।
तानसेनमा बसेको प्रेस चौतारीपाल्पाद्वारा आयोजित एक कार्यक्रममा नगर समितिको संयोजकमा राजेन्द्र लिगल र सन्तोष बस्याललाई जिम्मेवारी दिइएको थियो ।
भेला निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षता र सचिवालय सदस्य सन्तोष बस्यालको संचालनमा चलेको थियो ।
प्रकाशित : २०७९ चैत १८ गते ६:४३
Facebook Comment