नयाँ बर्षको अवसरमा जल्पामा खुल्ला पुरूष भलिवल संञ्चालन हुने

माधव पाण्डे
प्रकाशित : २०७९ चैत २४ गते ६:०५

पाल्पा:- जिल्लाको पुर्वखोला गाउँपालिका वडा नं.-२ जल्पामा रहेको जनसेवा युवा समुहले नयाँ बर्षको अवसर पारेर खुल्ला पुरूष भलिबल प्रतियोगिता संञ्चालन गर्ने भएको छ।
खेल FIVB नियमानुसार सन्चालन हुने आयोजक कमिटिले जनाएको छ ।३० गते सम्म दर्ता समय रहेको र सो भन्दा पछि आउने कुनै पनि टिमलाई खेलमा समावेश नगरिने अध्यक्ष तुल्सा बस्यालले जानकारी दिनुभयो । खेलकुद संयोजक लुख सारूका अनुसार प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेहरूका लागि रु. ४५ हजार , ३० हजार र २० हजार मेडल र प्रमाणपत्र हुने बताउनुभयो । खेल वैसाख १ गते बिहान ८ बजे बाट संञ्चालन हुने आयोजक कमिटिले बताएको छ ।


प्रकाशित : २०७९ चैत २४ गते ६:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology