जल्पामा ७८ जनामा देखियो मधुमेहको लक्षण

मायाँ राना
प्रकाशित : २०७९ चैत २८ गते २२:५१

जल्पामा ७८ जनामा देखियो मधुमेहको लक्षण
पूर्वखोला २ जल्पा स्वास्थ्य चौकिले समुदायको टोल टोल मा पुगेर ४० बर्ष माथिका नागरिकहरुको लागि मधुमेह( सुगर) रोग र उच्च रक्तचापको स्कृनिङ्ग परिक्षण सम्बन्धी शिबिर सम्पन्न गरेको छ।
जल्पाको साकिने , मैदान, आर्गिडाडा, माथिल्लो झेरुदी र स्वास्थ्य चौकी भवनमा महिला र पुरुष गरि ४१४ ले परिक्षण गराएका छन । जस मध्य ७८ जनामा मधुमेह र ६८ जनामा उच्च रक्तचाप देखिएको जल्पा स्वास्थ्य चौकी प्रमुख पदम दर्लामीले बताउनु भयो । स्वास्थ्य समस्य भएकालाई स्वस्थ्य परामर्श दिई घर पठाइएको र जटिल समस्या देखिएकोलाई विज्ञ भएको स्वास्थ्य सस्थामा सिफारिस गरिएको स्वस्थ्य चौकी प्रमुख दर्लामी ले जानकारी दिनु भयो। स्कृनिङ्ग शिबिरमा स्वास्थ्य चौकिका ल्याब प्राबिधिक बालकृष्ण देबकोटा , स्वस्थ्य चौकी प्रमुख लगाएत सबै कर्मचारीहरु खट्नु भएको थियो। पूर्वखोला गाउँपालिकाको आयोजना र जल्पा स्वास्थ्य चौकी को प्रबिधिक र व्यवस्थापनमा स्कृनिङ्ग कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०७९ चैत २८ गते २२:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology