रेचेघाट पक्किपुल मन्त्री आचार्यबाट उद्घाटन

Kandara News
प्रकाशित : २०८० वैशाख ५ गते २१:५३

निस्दि गाउँपालिका वडानम्बर ६ र पुर्वखाेलागाउँपालिका वडानम्बर १ पुर्वखाेला गाउँपालिका जाेड्ने रेचेघाट पक्किपुल उद्घाटन गरिएको छ । आज लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास खानेपानी तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्दै बिकट भेगका नागरिकलाई पुल निर्माणले सहज सेवा दिएको बताउनु भयो । पछिल्लो समय प्रदेश सरकार किन चाहियो भन्नेहरुका निम्ति लुम्बिनी प्रदेश सरकारले पाल्पाका विभिन्न घाटमा पक्की पुल निर्माण , लिफ्टिङ् खानेपानी याेजना,सडक निर्माणका कामले जवाफ दिएकोमा उहाँले जोड दिनुभयो । उहाँले प्रदेश सरकारले पाल्पा जिल्लामा धेरै योजनाहरु अगाडि बढाएको र कतिपय सम्पन्न भैसकेको उल्लेख गर्नु भयो । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले कृषिको निम्ति धेरै सम्भावना बोकेको पुर्वी पाल्पाको यश क्षेत्रमा प्रदेश सरकारकै सहयोगमा ४ वटा पक्की पुल निर्माण हुनु सुखद रहेकाे बताउनुभयो । प्रदेशसभा सदस्य हुँदा पनि बिद्युत बिस्तार ,सडक निर्माण ,कृषि लगायतका क्षेत्रमा महत्त्वपुर्ण काम गरेकाे उहाँको भनाइ छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले केन्द्र ,प्रदेश र स्थानीय सरकारको पहलमा अझै धेरै काम गर्नुभयो । भौतिक पुर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ , यातायात पुर्वाधार निर्देशनालयका निर्देशक भिमार्जुन पाण्डे लगायतले पुल निर्माण पछि यसक्षेत्रमा उत्पादित कृषि उपजलाई बजार सम्म पुर्याउन ,आवातजावत गर्न सजिलो हुने बताउनुभयो । । पैदलमार्ग सहित दुईतर्फी रुपमा संचालनमा आएसंगै पुर्वखोला तथा निस्दी क्षेत्रका नागरिक खुसि भएकोका छन् । पुलको लम्बाई ४६ मिटर रहेको छ । स्थानीय कौरा नाच नचाएर मनोरञ्जन गराइएको कार्यक्रममा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले धन्यवाद दिनुभएको थियो ।जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले स्वागत गर्नुभएको हो । पुल कुल ४ करोड ४८ लाख १० हजार ३ सय ७९ रुपैयाँको लागतमा निर्माणकार्य सप्पन्न भएको हो ।पुल निर्माणको जय नेपाल कम्पनी विवेक कुमार निर्माण सेवा प्रा. लि. स्याङ्जाले निर्माणकार्य जिम्मा लिएको थियो।


प्रकाशित : २०८० वैशाख ५ गते २१:५३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology