शिक्षकहरूको एक हप्ते कम्युटर तालिम कार्यशाला पूर्वखोलामा सम्पन्न

सिमा श्रेष्ठ
प्रकाशित : २०८० जेठ १८ गते ७:३६

विद्यालयका शिक्षकहरुको लागी computer तालिम कार्यक्रम पुर्बखोला गा.पा.मा सम्पन्न भएको छ। पुर्बखोला गा.पा. भित्रका प्राथमिक बिधालयका एक-एक जना आ.बि. र मा.बि. का दुई-दुई जनाका दर ले पुर्बखोला गा.पा. भित्रका सम्पुर्ण विद्यालयका ५३ जना शिक्षकहरुलाई २०८० जेठ ११ देखि १७ गते सम्म एक हप्ता computer तालीम दिइएको हो। पुर्बखोला गा.पा.का शिक्षा शाखा अधिकृत लोकहरि देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना पुर्बखोला गा.पा.का अध्यक्ष नुन बहादुर थापा रहनुभएको हो। कार्यक्रममा बोल्नुहुँदै थापाले आफुले सिकेका ज्ञान् सीपलाई निरन्तरता दिनुपर्नेमा जोडदिनुभएको थियो। कार्यक्रममा पुर्बखोला गा.पा.का उपाध्यक्ष भागीरथी भट्टराईले सिकाईलाई कहिल्यै समय र उमेरले नछेकिने भएकोले इछ्या ,चाहाना भएमा समयनुसार सिक्न सकिन्छ बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत मान बहादुर सारुले तालिमले दिमागक‍ो बिकास हुने भएक‍ाले शैक्षिक गुणस्तरमा सुधार ल्याउने कुरा राख्नु भयो । प्रशिक्षकको तर्फबाट पुर्बखोला गा.पा.का सुचना अधिकृत सुचना ज्ञवालीले कम्प्युटर खोल्न र बन्द गर्न नसकेकाहरुले पनि यस तालिम पछि प्रिन्ट आउट गर्न,मेल पठाउन सक्ने गरेको कुरा जानकारी गराउनु भयो। सहभागीको तर्फबाट पुर्बखोला गा.पा. शिक्षक महासंघका अध्यक्ष रमेश चन्द्र न्यौपाने, शम्भु मा.बि. का प्र.अ.चित्र बहादुर कुँवर खाँडदेबी आ.बि.का प्र.अ. राधा देबी भट्टराई लगाएतले बोल्नुभएको थियो।कार्यक्रममा सम्पुर्ण सहभागी शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।कार्यक्रम मुख्य मन्त्री शैक्षिक सुधार योजना कार्यक्रमको आर्थिक सहयोग तथा पुर्बखोला गा.पा.को आयोजनामा भएको कार्यक्रमको सञ्चालन रोजगार सेवा केन्द्र सहायक तथा पुर्बखोला गा.पा. शिक्षा शाखामा कार्यरत झबिर राज ले गर्नुभएको हो।


प्रकाशित : २०८० जेठ १८ गते ७:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology