स्थानीय सरकारको जात्रा,कष्टपुर्णपश्चिम पाल्पाको यात्रा

जनकराज भट्टराई
प्रकाशित : २०८० जेठ २६ गते १३:१५

दैनिक रुपमा दुई गाउँपालिकाका अध्यक्षहरु आवतजावत गर्ने पाल्पाको सदरमुकाम तानसेन बाट पश्चिमको मुख्य सडकको रुपमा रहेको हार्थोक बतासे छहरा मोटर बाटो मर्मत सम्भार नहुदा र सडक को अवस्था दयनीय हुदा समेत स्थानीय सरकार मौन बनेको छ । स्थानीय सरकारले नयाँ बाटो बनाउन करोडौ बजेट सके पनि मुख्य सडक मर्मतमा ध्यान दिन नसकेको यात्रामा हिडेका यात्रुहरुले गुनासो गरेका छन ।सडकको धेरै भाग रिब्दिकोट गाउपालिकामा परे पनि मर्मत तथा सुधार को लागि केन्द्रिय सरकार सङ्ग बजेट माग गरेको रैनादेवी गाउँ पालिकाका अध्यक्ष रुक्मांगद भट्टराई ले बताउनुभयो ।
दुबै गाउँपालिकामा पर्ने भएतापनी यो मोटर बाटो मर्मत गर्न खासै चासो कुनै पालिकाले पनि दिएको पाईदैन । स्थानीय सरकार र सडक कार्यालयलको  ग्रामीण सडक मर्मतका लागि मात्रै बर्सेनि लाखौँ रकम खर्च गर्ने गरेपनी सडकको अवस्था जस्ताको तस्तै रहँदै आएको स्थानीय ले बताउनु भयो  । रैनादेवी छहराले केही समय पहिला केही खाल्टोहरु पुरेता पनि प्राप्त बजेट नहुदा बाटो मर्मत हुन नसेको र आगामी बजेट मार्फत गाउँपालिका भित्रका मुख्य सडकहरु मर्मत सम्भार गर्ने योजना रहेको बताएको छ ।

उता रिब्दीकोट गाउँपालिका का अध्यक्ष नारायण कार्की सङ्ग बुझ्दा हामी सङ्ग बजेट अभाव ले गर्दा केन्द्र सङ्ग गुहार माग्ने बाहेक केही गर्न नसकेको स्वीकार गर्नु भयो ।हार्थोक छहरा मोटर बाटो पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, हुने समस्याले स्थानीय उपभोक्ताको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ। अहिले सडक अस्तब्यस्त छ,नालीको उचित व्यवस्थापन छैन,मोटर बाटो हो या खहरे खोला मानिस अन्योलमा छन।जस्ले दुर्घटना निम्ताउन सक्ने सम्भावना देखिन्छ,यसमा सम्बन्धित पक्ष संवेदनशील हुनु पर्ने स्थानीयहरुको माग छ ।


प्रकाशित : २०८० जेठ २६ गते १३:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology