किशोर किशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणको लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न(फोटोफिचर सहित)

सिमा श्रेष्ठ
प्रकाशित : २०८० जेठ ३१ गते २०:०१

पुर्बखोला गाउँ पालिका ५ बिरकोटको स्वास्थ चौकीको सभाहलमा किशोर किशोरीहरुका लागि किशोर किशोरीको परिचय ,नेपालमा किशोर किशोरीहरुको बिकास,सेवा प्रबाह , कुपोषण ,सर्ने नसर्ने रोगको जोखिम,विवाह गर्ने उमेर , बाल विवाहको न्युनिकरण , बाल विवाह गर्दा लाग्ने दण्ड सजाय ,एच.आई.भि एड्स र किशोर किशोरी

मैत्री स्वास्थ्य सेवाका आठवटा मापदण्ड सम्बन्धि सम्पुर्ण जानकारी तथा छलफल पुर्वखोला गाउँ पालिकाका स्वास्थ संयोजक मोहन ढकाल र नर्स साबित्री पल्लीले सहजीकरण गर्नुभएको थियो ।यस कार्यक्रममा पुर्बखोला गाउँ पालिका ५ बिरकोटका महिला स्वास्थ स्वयम सेविका स्वास्थ्यकर्मीहरु , माध्यमिक विद्यालयका र आधारभुत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बिच यो कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरू शिक्षकहरुको तर्फबाट खाणदेवी आधारभुत विद्यालयको प्रधानाध्यापक राधादेबि भट्टराई ,स्वयंम सेविकाहरुको तर्फबाट तिलीसरा झेडी , विद्यार्थीहरुको तर्फबाट दिनेश रुचालले कुरा राख्नु भयो । कार्यक्रम स्वास्थ समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको हो ।


प्रकाशित : २०८० जेठ ३१ गते २०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology