पूर्वखोलाको नीति तथा कार्यक्रममा के के छ ? सारांशमा

डिल्ली राज पंगेनी / भुवन सिंजाली
प्रकाशित : २०८० असार १३ गते २१:१८

पूर्वखोला गाउँपालिकाको १३ औं गाउँ सभा असार १० गते पूर्वखोलाम्मा सम्पन्न भएको छ । गाउँसभालमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको सारांश यस्तो रहेको छ ।
कृषि तथा पशुपालन अन्तरर्गत कृषि तथा पशुजन्य वस्तुहरुलाई पकेट क्षेत्र घोषणा, त्यसको बजारीकरण, बिक्रि वितरणको लागि हाटबजारको व्यवस्थापन गर्ने निति तथा कार्यक्रममा समावेश गरेको छ । पूर्वखोला गाउँपालिकाले रैथाने बालीको संरक्षण तथा विउ उत्पादमा प्राथमिकता दिने लगायत कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।
पूर्वखोला गाउँपालिकाले सहकारी तथा गरिबी निवारणमा खरको छाना विस्थापित, स्वरोजगार कार्यक्रम, सहकारी मार्फत कृषिमा आधारित अनुदान दिने लगायत कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।
उद्योग तथा पर्यटन अन्तर्गत, कोईला, गिट्टी, बालुवा जस्ता वस्तुलाई उपयोगमा ल्याउन पहल गरिने छ । जमले घाटका ढुङ्गा कटिङ् लागि सम्भाव्यता अध्ययन गरिने कुटिर उद्ययोग तथा साना उद्ययोग हरुलाई प्राथमिकता साथ अगाडि बढाईने छ । साथै पर्यटकको लागि गुरुयोजना बनाई पर्यटकीय क्षेत्र कार्यक्रमलाई अगाडि बढाने कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।
पुर्वखोला गाउँपालिकाले कुडुले घरको संरक्षण, संग्राहलय, भाषा, कला, तथा सांस्कृतिक महोत्सव संचालन गरि सांस्कृतिक प्रवद्र्धन गर्ने पूर्वखोला गाउँपालिकाले निति तथा कार्यक्रममा समावेश गरेको छ ।
सामाजिक विकासको शिक्षा तथा खेलकुद विकास अन्तरगत विद्यालय शैक्षिक गुणस्तर सुधार तथा समायोजन प्रकृयालाई दिगो र व्यवस्थित गर्ने, शिक्षक विद्यार्थीको आधारमा अनुदान दिने, मातृभाषा शिक्षण गर्नेलाई अनुदान तथा प्रोत्सान प्रधान गर्ने, मगर भाषा लिपिको सरक्षण गर्ने, निजि शिक्षकलाई प्रोत्सान गर्ने, स्थानिय पाठ्यपुस्तक निर्माण गरि वितरण गर्ने , अंग्रेजी कक्षा संचालन गर्ने विद्यालयहरुमा शिक्षक अनुदान तथा भैतिक व्यवस्थापन गरिने ,स्वयंसेवक शिक्षक भर्ना गर्ने लगायत कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।
स्वास्थ्य सेवा व्यवस्थित गरि विमाको रिफर पूर्वखोला बाटै व्यवस्थापन गर्ने गरि कार्यक्रम संचालन गर्ने पहल गर्ने नीति तथा कार्यक्रममा सवावेश गरेको छ ।
नागरिक आरोग्य सेवा संचालन, पराम्परागत औषधि खेतिलाई प्राथमिकता प्रदान गरिने, विपन्न परिवार रिफर गर्नु परेका सुत्केरीको लागि निशुल्क एम्बुलेन्स व्यवस्थाको पहल गर्ने , पोषण मैत्री स्थानीय तह, सबै वडालाई सरसफायुक्त वडा घोषणा कार्यक्रमलाई अघि बढाउने लगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
महिला तथा बालवालिका सम्बन्धी एकल महिलालाई आयमुलक अभियानमा अगाडि बढाउने, बलमैन्त्री कार्यक्रम अगाडि बढाउने , बालविवहामुक्त गाउँपालिकाको लागि सचेता कार्यक्रम गर्ने । सिपमुलक , आयमुलक , रोजगारमुलक काम लाई अगाडि बढाउने , आत्मरक्षा तालिम व्यव्स्थापन गर्ने लगायत कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले अपाङ्ग भएकाहरुलाई राहत तथा अनुदानको व्यस्था गर्ने , जेष्ठनागरिक तथा अशक्तहरुलाई साहेता सामाग्री वितरण गर्ने नीति तथा कार्यक्रममा समेटेको छ ।
पूर्वखोला गाउँपालिकाले विभिन्न लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा संचालन गर्ने , लोककल्याणकारी तथा आयमुलक गतिविधिमा अगाडि बढाउने नीति तथा कार्यक्रममा समेटेको छ । एक वडा एक खेलकुद कार्यक्रम अगाडि बढाउने लगाएतको कार्यक्रम पालिकाको नीति तथा कार्यक्रममा रहेको छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरुलाई आयमुलक गराउने , विभिन्न सिपहरु सिकाई रोजगार उन्मुख वातावरण बनाउन पहल गर्ने ,विभिन्न किसिमका खेलकुदमा सरिक गराउने लगायतको कार्यक्रम युवा वर्गको लागि पालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।
जेष्ठ नगरिकको स्वास्थ्यपरिक्षण , अनुभव साटासाट , जेष्ठनागारिक अभिनन्दन कार्यक्रम पालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
खानेपानी तथा स्वस्च्छता तर्फ २०८१÷८२ सम्ममा एक घर एक धारा घोषणा कार्यक्रमको लागि पहल गरिने, लिफ्ट खानेपानीको ग्राहकको विद्युतिय विलको आधारमा २५ प्रतिशत अनुदान व्यस्थापन गरिने , अति आवश्यक स्थानमा सार्वजनिक शौचालय बनाउन पहल गर्ने लगायत कार्यक्रम नीति तथा कार्यक्रममा सामावेश गरिएको छ ।
न्यायिक समितिको कामलाई छिटो सरितो बनाउन पहल गरिने , बातावरण मैत्री गाउँपालिकाको लागि अहल गरिने , प्राकृतिक चौपारी संरक्षण गरिने , ल्याण्डफिल्ड साईडको खोजी गरिने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

पूर्वखोला गाउँपालिकाले वडा देखि केन्द्र सम्म जोड्ने १२ महिना संचालन हुने गरि स्तरउन्नती गर्दै कालोपत्र सम्म लाई प्राथमिकता दिएर अगाडि बढ्ने लगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
विद्युत तथा संचार क्षेत्रलाई व्यस्वस्थित बनाउन विभिन्न संथाहरु संग सम्वन्यन गर्ने, काठेपोल विस्तापन गर्ने , सडक बत्तीलाई प्राथमिकता दिदै उज्यालो पूर्वखोला लगायतका कार्यक्रम विद्युत तथा संचारको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
विद्युतिय तथा सोलार प्रविधि प्रयोग गरि सिचाईको व्यवस्थापनको लागी पहल गर्ने , डिप बोरिङ्ग लगायतका कार्यक्रम सिचाई अन्तरगत नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
अन्य भौतिक पूर्वाधार अन्तरगत गुनासो अभिलेखिकरण गर्ने , सेवाहरुलाई छिटो छरितो बनाउन तालिम, विभिन्न सफ्ट्वेयर आदिको प्रयोग गर्ने ,बेरुजुलाई कम गर्ने , विभिन्न व्यक्ती तथा संथाहरुलाई पुरस्कृत गर्ने लगायतको कार्यक्रमलाई पूर्वखोला गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ।
गाउँपालिकाले गत बर्षका अधिकाम्सश कार्यक्रमहरुलाई निरन्तरता दिने समेत नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक विकास ,सामाजिक विकास ,न्यायिक समितिको क्षमता विकास क्षेत्र लगाएको ६ वटा शिर्षकको २०० बुदा माथि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा केही संम्सोधन गरि पारित भएको हो ।
गाउसभाका उपाध्यक्ष भागिरथि भट्टराईले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा ४६ करोड ६७ लाख ३ हजार ३ सय ८५ बराबरको बजेत प्रस्ताव पेशगर्नु भएको थियो ।
गाउसभाका विशेष अतिथि प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले देखिने गरि काम गर्न र गाउपालिकाको गौरवका योजनाहरु छिटो सकाउनु पर्ने साथै पुर्वखोला गाउपालिकामा संघीय सरकार प्रदेश सरकारले विनियोजन गरेको योजनाहरु कार्यान्वयन गर्न अनुरोध गर्नु भएको थियो ।


प्रकाशित : २०८० असार १३ गते २१:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology