भ्रष्टाचारमा संलग्न जो कोही छुट्न नहुने नेपाली कांग्रेसका महामन्त्री शर्मा

रमा भण्डारी
प्रकाशित : २०८० भदौ १२ गते ७:२१

भदौ १२ रामपुर पाल्पा
नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधी सभा सदस्य विश्वप्रकाश शर्माले भ्रष्टाचारमा संलग्न जो कोही छुट्न नहुने बताउनु भएको छ । मुलुकमा भएका विभिन्न काण्डका चर्चा आईरहेको सन्दर्भमा आफ्नै पार्टीको भएपनि दोषी माथि कारबाही हुनुपर्ने बताउनु भएको हो ।
नेपाल प्रेस युनियन पाल्पा शाखाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने उल्लेख गर्नुभयो । उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ क्विण्टल सुन तस्करी प्रकरणको सन्दर्भमा पत्रकारको प्रश्नको जवाफ दिदै किन सुन आइरहेको छ भनेर छानविन गर्न असोज ५ गतेसम्म जाँचबुझ आयोग गठन गर्न दलहरु विच सहमति भएको जानकारी जानकारी दिनुभयो । उहाँले ललिता निवास प्रकरणका विषयमा पनि फाइल खुलेकाले कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
न्यु होटल श्रीनगरमा भएको पत्रकार भेटघाट कार्यमक्रममा उहाँले भष्टाचार मुद्दामा आफ्नै दलको भएपनि भष्टाचार गर्नेलाई छोड्न नहुने बताउनुभयो । एक अर्को प्रशंगमा महामन्त्रि शर्माले नेपाल विभिन्न धर्मालम्बी रहेको फूलवारी भएकोले एकले धर्मको कुरा गर्दा अर्कोलाई असर पर्ने काम गर्न नहुने बताउनुभयो । उहाँले धरानको घटना गम्भिर भएकोले यसतर्फ सवै राजनितिक दलले साझा बक्तव्य दिएको उल्लेख गर्नुभयो ।
प्रेस युनियन पाल्पा शाखाका उपाध्यक्ष दानबहादुर हिस्कीको अध्यक्षतामा भएको पत्रकारभेटघाट कार्यक्रम ,सदस्य प्रकाश ज्ञवालीको स्वागत र सह सचिव इमान सिं रानाको संचालनमा कार्यक्रम भएको हो । कार्यक्रममा रामपुर क्षेत्रमा क्रियाशिल पत्रकार सहभागी भएका थिए ।


प्रकाशित : २०८० भदौ १२ गते ७:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology