चुलिडाडा पर्यटकिय क्षेत्र विकास समिति गठन

माया राना
प्रकाशित : २०८० भदौ १७ गते १७:३०

पर्यटकिय क्षेत्र बिस्तार भएको ठाउमा पर्यटकहरु आउनु, भिडभाड बढ्नु, स्वभाबिकै हो, स्थानिय व्यापार ब्यबसाय फस्टाउनु त झन राम्रो पक्ष हो, शुभारम्भ भएको छोटो समयमै आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढ्नु लाइ एक अवसरको रुपमा विश्लेषण गर्न सकिन्छ , भने व्यवस्थापन पक्ष पनि उत्तिकै चुनौतिको बिषय हो , अहिले सम्मको सिकाइमा निति र नियमहरु पनि सरोकारवाला दुबै पक्षको लागि कसिलो गरि अगाडि बढाउनु पर्ने देखिन्छ, प्रसङ्ग हो पुर्बखोला २ जल्पा धोलिमारामा रहेको , चुलिडाडा पर्यटकिय क्षेत्रको , गत बर्ष मंशिर २४ गते पर्यटकिय क्षेत्रको उद्घाटन भए पछि पर्यटकहरु खुल्ला रुपमा आउने जाने गर्दछ, होमस्टेमा आउने अौपचारिक पाहुनाहरु प्राय टुर गाइड सङ दृस्याबलोकनको लागि चुलिडाडा जाने गर्दछ, अहिले चुनौतिको रुपमा देखिएको आउने जाने बाटो खुल्ला भएको कारण र बिशेष गरि बाइकमा आउने अनि पैदल जाने आन्तरिक पर्यटक बाट केहि /कुनै को अमानबिय , कु संस्कारी हर्कतहरु देखिएको , ( भौतिक संरचनाहरु बाघको शालिक, बुद्द स्तुपा , पानी फोहराको बल्ब , झण्डा निकालिदिएको , क्युबिको फल टिप्ने, महत्व्पुर्ण फुलका बिरुवा हरु भाच्ने, त्यहा राखिएका डस्टबिनको प्रयोग नगरि प्लास्टिक जन्य फोहोरहरु जथाभाबि फालेको कारण ले, यस चुलिडाडा पर्यटकिय क्षेत्र बिकास समिति गठन गरि , धेरै महत्वपुर्ण निर्णयहरु गरेको छ, समितिमा २१ जना सद्स्यहरु सहित अध्यक्ष्य = पहल सिङ घर्ति, उपाध्यक्ष भिमि सरा आले, सचिब चित्र बहादुर कवर, स सचिब जिबन कुमार बारघरे, र कोषाध्यक्षमा मिना देबि कवर चुनिनुभएको छ, समितिले यहि भाद्र १६ गते देखि लागु हुने गरि टिकट सिस्टम लागु गराउने, एक जना यस क्षेत्र संरक्षण हेरालु छनौट गर्ने , प्रति ब्यक्ति टिकट दर ३० रुपिया लाग्ने, सवारि पार्किङ को लागि चार पाङ्रे को ५० रुपिया, र २/३ पाङ्रे सवारिको १० रुपिया लगाउने निर्णय गरेको छ्। बिशेष गरि क्युबि पकेट क्षेत्रमा तुरुन्तै सुचना टास गरिने छ, जाना जानि पर्यकिय क्षेत्र भित्र कुनै पनि किसिमको नराम्रो , अ्मान्बिय, अनैतिक हर्कत गरेको पाइएमा यस समिति ले दोषिलाइ शक्त कारवाहि गराउन बाध्य हुनेछ , भनेर समेत निर्णय गरेको छ, यस्तै ब्यब्स्थापन पक्ष सहित यस आर्थिक बर्षमा बाटोको स्तर उन्नति गर्ने, निर्माणाधिन गोलोघर थप योजना सम्पन्न गर्ने , चुलिडाडा मा लिफ्ट खाने पानी पुर्याउने जस्ता योजना सम्पन्न गर्ने समितिका अध्यक्ष पहल सिङ घर्तिले बताउनु भयो।


प्रकाशित : २०८० भदौ १७ गते १७:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology