दुई मतले पछि पार्दै लुम्बिनी प्रदेश कमिटि अध्यक्षमा कडेल निर्वाचित

Kandara News
प्रकाशित : २०८० भदौ २० गते ७:४७

पाल्पा । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कडेल निर्वाचित हुनुभएको छ ।

कडेलले प्युठानका हरि प्रसाद रिजाललाई २ मतले पराजित गरेर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

मंगलबार भएको मतदानमा अध्यक्ष पदका आकंक्षी रिजालले ४ सय ७७ मत प्राप्त गर्नुभयो भने कडेलले ४७९ मत प्राप्त गर्नुभयो ।

गएको शनिबार देखि सुरु भएको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष सहित केही पदाधिकारी र सदस्य पदमा सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको हो ।

अधिवेशनमा पाल्पाका मुक्त बहादुर सारू, गोपाल पौडेल, बुद्धिराज गौतम, नुन बहादुर थापा, तुलबहादुर अधिकारी, रामप्रसाद ज्ञवाली खुल्लातर्फ, महिलातर्फ नारायणी शर्मा, इन्द्रा गहतराज, गीता पाण्डे, मिरा मरासिनी, दुर्गा राना युवातर्फ टीका बहादुर थापा जनजातितर्फ दल बहादुर गुरुङ र दलिततर्फ योगेन्द्र कुमार गैरे प्रदेश सदस्य पदमा सर्वसम्मत निर्वाचित सहित २ सय ५ सदस्यीय प्रदेश कमिट चुनिएका छन् ।


प्रकाशित : २०८० भदौ २० गते ७:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology