तानसेनदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० भदौ २८ गते २१:०४

तानसेन।  पाल्पामा ब्रेकफेल भएर रात्रिबस दुर्घटना भएको छ । तानसेनदेखि काठमाडौका लागि छुटेको लु २ ख १४०३ नम्बरको नाइट बस तानसेन नगरपालिका वडा नं. ४ स्थित बारुदखानमा दुर्घटना भएको हो ।

बस ब्रेकफेेल भएर एक घरमा ठोक्किएको स्थानीयले बताएका छन् । दुर्घटनामा परी कम्तीमा २५ जना घाइते भएको दुर्घटनाका प्रत्यक्षदर्शी पत्रकार माधवप्रसाद अर्यालले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि युनाइटेड मिसन अस्पतालमा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रकाशित : २०८० भदौ २८ गते २१:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology