वाईसीएल नेपाल,पाल्पाको बैठक सम्पन्न ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० असोज १० गते १५:४८

पाल्पा,तानसेन
२०८० असोज १०
योङ कम्युनिष्ट लिग(वाई सि एल),पाल्पाको पुर्ण बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठकका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र),स्थायी समिति सदस्य कृष्णध्वज खड्काले परिवर्तनको सम्वाहक युवा भएकोले देश परिवर्तनमा युवाहरु नै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले संगठनलाई गाउँटोलसम्म बिस्तार गर्न पनि सुझाव दिनुभयो । वाईसीएल नेपालले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमहरुलाई सहयोग पुग्ने गरि कामहरु गर्नुपर्ने बताउनुभयो । नेकपा(माओवादी केन्द्र), पाल्पाका संयोजक राजेन्द्र वि.क.ले वाईसिएल नेपालले संगठन बिस्तार तथा सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभयो । युवाहरु प्रविधि र सुचनामैत्री बनेर मात्रै राजनीतिलाई सहि दिशा दिनसक्ने नेतृत्व तयार हुने उहाँले बताउनुभयो । समाजमा भएका अनियमितता तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्ने दायित्व वाईसिएल कै रहेको हुँदा संगठनलाई चुस्त बनाएर मात्र त्यो दायित्व पूरा हुने उहाँको भनाइ थियो । पार्टीको सहायक संगठन भएकोले पार्टीलाई शक्तिशाली बनाउन पनि वाईसीएलले भूमिका रहेको उल्लेख गर्नुभयो ।
बैठकले जिल्ला सम्मेलन गर्ने,संगठन बिस्तार गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । बैठकमा नेकपा(माओवादी केन्द्र),पाल्पा सचिव मथुरा ढकाल लगायतले बोल्नुभएको थियो । वाईसीएल जिल्ला संयोजक कमल श्रेष्ठको अध्यक्षता एवं पाल्पा जिल्ला ईञ्चार्ज धनेन्द्रराज घिमिरेको सञ्चालनमा चलेको बैठकमा संगठनका पालिका संयोजकहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८० असोज १० गते १५:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology