देविनगर स्वास्थ्य चौकि पोषण मैत्री स्वास्थ्य संस्था घोषणा

भुवन सिंजाली
प्रकाशित : २०८० असोज २० गते १४:४१

देविनगर स्वास्थ्य चौकि पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ।

पुर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरकाे स्वास्थ्य चाैकिलाइ एक कार्यक्रम बिच पाेषण मैत्री स्वास्थ्य संस्था घाेषणा गरेको हाे ।
पाेषण मैत्री संस्था घाेषणा गर्न पूरा गर्नुपर्ने १६ वटा सुचकहरु गर्भवती महिलाकाे नियमित परिक्षण , हजार दिने बच्चाको नाप ताैल , पाेषणकाे अवस्था लगाएको सुचकहरु पूरा भएको प्रगति प्रतिवेदन स्वास्थ्य चाैकिका प्रमुख शान्ता वमरेल पस्तुत गर्नु भएको थियो । १६ वटै सुचक पूरा भएकोले स्वास्थ्य चाैकिलाइ पाेषण मैत्री संस्था घाेषणा गरेको हाे।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले पाेषण मैत्री संस्था घाेषणा हुनु अाफैमा उधारणिय हाे । यसले गर्दा यहाका अामा बच्चाले नियमित रुपमा पाउनु पर्ने सेवासुविधा पाएकाे बुझिन्छ । जसले गर्दा स्वासस्थ्य , अार्थिक सामाजिक विकासमा महत्त्वपूर्ण भुमिका खेलेकाे हुन्छ । पुर्वखाेला गाउपालिकाले सबै वडामा बर्थिङ सेन्टर , नियमित भिडियो रेक्सरे , ल्याप लगाएमाे सुविधा दिदा यहाकाे सबै वर्गका मानिसहरूकाे स्वास्थ्य अवस्था धेरै राम्रो रहेको र पाेषण मैत्री अवस्थालाई निरन्तर रुपमा राख्न अनुरोध गर्दै अाफ्नाे क्षेत्रबाट गर्नु पर्ने सम्पुर्ण साथ सहयोग रहेने प्रतिव्यक्तता गर्नु भयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र कुमार गिरिले स्वास्थ्य क्षेत्रमा अामा बच्चाहरुकाे राख्नुपर्ने र हुनुपर्ने स्वास्थ अवस्थालाई स्वास्थ्य संस्थाले नियमित रुपमा रेखदेख हेरचाहले मात्र राम्रो हुने र भाेलिका दिनमा बच्चा स्वस्थ भएको अवस्थामा समाज देशलाई राम्रो हुने भन्दै यश स्वास्थ्य संस्थाले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिनु भयो ।

पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउपालिकाकाे पहिलो काम स्वास्थ्य क्षेत्र भएको र त्यही अनुसार पुर्ण शून्य हाेम सुत्केरी गाउपालिका घाेषणा , सबै स्वास्थ्य संस्थामा २४ घण्टे अनमिकाे व्यवस्था , भिडियो एक्सरे , ल्याप , रक्तचाप सुगरकाे अाैषधिकाे व्यवस्थापन , १५ शैया अस्पताल निर्माण भइरहेकाे, र यस्ता कार्यक्रमलाई निरन्तरता दिन थप कार्यक्रमहरु गर्दै जाने र अन्य वडामा पनि घाेषणा गर्न सबै सुचकहरु पूरा हुदै गएकाे हुदा सबै स्वास्थ्य चाैकिलाइ घाेषणा गर्दै गाउपालिकालाइ पनि घाेषणा गर्ने गरि अगाडि बढेको बताउदै पाेषण मैत्री संस्था घाेषणा गर्न काम गर्नुहुने स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंसेवीका , टाेल विकासका अध्यक्षहरुलाइ धन्यवाद दिनुभयो ।
पाल्पा जिल्ला तथ्यांक कार्यालयका अधिकृत टुक प्रसाद पाेखरेल पुर्वखाेला गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराई रिङ्नेरह स्वास्थ्य चाैकिका प्रमुख निलकण्ठ भट्टराई , जल्पा स्वास्थ्य चाैकिका प्रमुख पदम दर्लामिले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा देविनगर वडा कार्यालय , स्वास्थ्य चाैकिलाइ घाेषणा पत्र , स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानपत्र , अतिथिलाई मायाकाे चिनाे प्रदान गरेको थियो ।
मातुभुमि माद्यामिक विद्यालयका विद्यार्थी , स्वास्थ्यकर्मीहरुले पाेषण मैत्री गिता नाच प्रस्तुत गरेको थियो ।
कार्यक्रम पुर्वखाेला स्वास्थ्य शाखाका प्रमुख माेहन ढकालको संचालन र देविनगर वडाका अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० असोज २० गते १४:४१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology