पाल्पा जिल्लाकै सर्वाधिक राशी पुरस्कारको भलिवल प्रतियोगिता सञ्चालन हुदै

कृष्ण प्रसाद पंगेनी
प्रकाशित : २०८० असोज २१ गते १९:५०

कृष्ण प्रसाद पंगेनी,सिलुवा
पुर्वखोला गाँउ पालिका वडा नं १ सिलुवा मा स्थापना भएको श्री मण्डली स्पोर्टस् क्लब ले आफ्नो “सातौं मण्डली कप २०८०”नेपाली हरु को महान पर्व विजया दशमी, दिपावली तथा छठ को अबसर पारेर यही मिति २०८० कार्तिक २२ गते औपचारिक रुपमा सुरुवात गरी कार्तिक २५ गते का दिन समापन गरिने भएको छ। मण्डली स्पोर्टस् क्लब को आयोजना तथा पुर्वखोला गाँउ पालिका को सह आयोजनामा संचालन हुने प्रतियोगिता मा लुम्बिनी, गण्डकी तथा अन्य प्रदेश का चर्चित भलिवल क्लब तथा खेलाडी हरु को सहभागिता रहने छ।
बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि खुल्ला क्लव स्तरीय पुरूष भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमहरु गरिने भएको छ। जम्मा चार दिन संचालन हुने प्रतियोगिता प्रथम पुरस्कार रु १,१२,२३३, दितिय पुरस्कार रु ७५,५५५ , तृतीय पुरस्कार रु ५१,१११,सान्त्वना पुरस्कार रु २५,५५५ तथा विभिन्न विधामा विधागत पुरस्कार राखिएको छ। खेलाडी हरु लाई खेल अबधि भरि खाना तथा बासको पनि व्यवस्था गरिएको छ।
समापन कार्यक्रमका साथ साथै विविध साँस्कृतिक कार्यक्रमहरु कौरा नाच, लोक दोहोरी, नृत्य, पन्चे बाजा, तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।


प्रकाशित : २०८० असोज २१ गते १९:५०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology