श्री हात्तीलेक सामुदायिक विकास बहुउद्धेशिय सहकारी संस्थाको साधारण सभा सम्पन्न

मेग बहादुर राना
प्रकाशित : २०८० असोज २५ गते १५:१४

मेग बहादर राना सिलुवा – पाल्पा श्री हात्तीलेक सामुदायिक विकास बहुउद्धेशिय सहकारी संस्थाको १८ वार्षिक साधारणसभा कार्यक्रम पुर्वखाेला -१ सिलुवा दार्सिङभञ्ज्याङ पाल्पामा समापन भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष वुद्धिमान श्रेष्ठको अध्यक्षता तथा पाल्पा जिल्ला क्षेत्र नं. -१का संघिय सांसद माननीय नारायण प्रसाद आचार्य मुख्य पाहुना रहनु भएको हो । संस्थाका काेषाध्क्ष रत्न मायाँ आलेकाे स्वागतबाट शुरु भएको कार्यक्रममा संस्थाका ब्यवस्थापक ज्ञान बहादुर रानाले आर्थिक वर्ष २०७९/०८० काे रु. ९कराेड ३५ लाख ६८ हजार १३९ रुपैया बराबरको आर्थिक प्रतिवेदन तथा लेखा संयाेजक खेम बहादुर हिस्कीलेे लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रममा पुर्वखाेला गा. पा. अध्यक्ष नुन बहादुर थापा, पुर्वखाेला गा. पा. वडा नं. -१ का वडा अध्यक्ष गिरिमान आले, संस्थाका ऋण संयाेजक सर्वजित बि. क., कृषि ज्ञान केन्द्रका कृषि प्राबिधिक अरबिन्द्र कुमार शाही, श्री जनमार्ग मा. वि. का प्र. अ. श्याम बहादुर दिशा,श्री मनकामना महिला सामाजिक उद्यमी सहकारीका अध्यक्ष याम कुमारी श्रेष्ठ ,महिला सेयर सदस्य भगवती राना, सेयर सदस्य लाेक बहादुर राना, श्री मण्डली स्पाेर्टस क्लबका सचिव कृष्ण पंगेनी लगायतले आफ्नाे भनाइ राख्नु भएको थियाे । कार्यक्रममा विकास छाप सा. वि. स. तथा रेचे सा. वि. स. लाई उत्कृष्ट सा. वि. स. काे रुपमा जनउत्थान सा. वि. स. का सेयर सदस्य खुमि देवि हिस्की तथा जनविकास सा. वि. स. का तुल बहादुर चिदी लाई उत्कृष्ट सेयर सदस्यकाे रुपमा तामाखानी सा. वि. स. का भिम ब. जर्घा, पुष्पाञ्जली सा. वि. स. का शान्ती श्रेष्ठ राेमन्दी सा. वि. स. का पुरन आले लाई उत्कृष्ट काेषाध्क्षकाे रुपमा पुरस्कृत गरिएको थियाे । साथै कार्यक्रम ले संस्थाका अध्यक्षहरु भाेग बहादुर थापा, स्वर्गीय देवि प्रसाद पंगेनी, गिरिमान आले, रितमान श्रेष्ठ तथा संस्थाका पूर्व कर्मचारी भगवती राना साथै संस्थाका कर्मचारीहरु ज्ञान बहादुर राना, पदम ब. चिदी, जित ब. खासु, बिनी आले र वविता आले लाई सम्मान गरिएको थियाे । साथै कार्यक्रममा पुर्वखाेला -१ सिलुवा भित्र रहेका पञ्चेबाजा, काैरा, राेइला, झ्याउरे, सालैजाे नृत्य प्रस्तुत गरिएको कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव राजकुमार आलेले गर्नु भएको हाे


प्रकाशित : २०८० असोज २५ गते १५:१४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology